आज काठमाडौंको तापक्रम यस वर्षकै न्यून
नेपालबहस संवाददाता
मंसिर २०, २०७६ शुक्रबार १५:९:२४
२० मंसिर काठमाडौं । काठमाडौंको तापक्रम शुक्रबार बिहान बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ । शुक्रबार बिहानको तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हो ।
यसअघि बिहीबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । सामान्यतया राति आकाश खुल्ला हुँदा बिहानको तापक्रम घट्छ भने बादल लागे तापक्रम बढ्छ ।
राति काठमाण्डौको मौसम सफा भएकाले शुक्रबार बिहानको तापक्रम घटेको हो । यसअघि गएको आइतबार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो ।
त्यसयता बढेको तापक्रम शुक्रबार फेरि घटेको हो । काठमाडौंको शुक्रबार दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान गरेका छन् । तर कतै पनि पानी पर्ने संभावना भने नरहेको उनीहरुको भनाई छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर २० गते (शुक्रबार)
दिउँसो: देशका पश्चिमि पहाडि भु-भागमा आंशिक देखी सामान्य बदलि र बाँकि भु-भागमा आंशिक बदलि रहने देखिन्छ ।
राती: देशको मध्य र पूर्वी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्य सफा रहनेछ ।
मंसीर २१ गते (शनिबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसीर २२ गते (आइतबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार पनि तराईमा हुस्सु र शितलहर जारी छ । मौसम महाशाखाका अनुसार हाल, भैरहवा, सिमरा, जनकपुर, विराटनगर, आसपासका तराई भूभागमा सामान्य हुस्सु लागेको छ।
तराईका केही ठाउँहरुका बिहान ७:३० बजेको मौसमी अवस्था
केन्द्र | तापक्रम (°C) | पारदर्शिता (Visibility)(m) |
धनगढी | १०.० | ६००० |
नेपालगञ्ज | १२.० | ७००० |
भैरहवा | १३.० | १८०० |
सिमरा | १३.० | ४००० |
जनकपुर | १४.० | २००० |
बिराटनगर | १३.० | २००० |
आगामि २४ घण्टाको आंकलन (Outlook for next 24 hrs)
पश्चिम तराईः बिहानी पख थोरै स्थानहरुमा हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।
मध्य तराईः बिहानी पख हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।
पूर्व तराईः बिहानी पख पातलो हुस्सुको अवस्था रहे पनि मध्यान्न पछि विस्तारै हटेर जानेछ।
*आगामी २४ घण्टा सम्म शित लहरको संभावना छैन।
पश्चिम तराई:- कैलालि, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देहि, नवलपुर
मध्य तराई:- चितवन, पर्सा, बारा, रुपन्देहि, सर्लाहि, धनुषा, परासि पूर्व तराई:- महोत्तरि, सिरहा, सप्तरि, सुनसरि मोरङ, झापा
|
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
आउँदो असार मसान्तभित्र पाँचखालवासीले स्वच्छ पानी पिउन पाउने
बैशाख २४, २०८१ सोमबार
आकर्षक ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार