हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ मंगलबार १५:४७:४८
२४ मंसिर काठमाडौं । पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली नेपालतिर सरिरहेका कारण भोली ‘बुधबार’ बेलुकीदेखि हिमाली क्षेत्रमा भारी हिमपात हुने भएको छ।
यो वायुले पहाडी क्षेत्रमा पनि बर्षा गराउने मौसमविदहरुले जानकारी दिएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि बुधबार बेलुकीदेखि हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरेको छ।
पश्चिमी वायुको प्रणाली बुधबार बेलुकीसम्म नेपाल प्रवेश गर्नेछ। बुधबार रातीदेखि नेपालको पश्चिमका उच्च–पहाडी र हिमाली क्षेत्रमा यसको असर देखिनेछ।
बिहीबार बेलुकीसम्म यो वायु प्रणालीको असर नेपालका सबै भूभागमा देखिनेछ । हिमपात र बर्षाका कारण मौसममा बदली भई देशभरि नै चिसो बढ्ने हुनाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविदहरुले सुझाव दिएका छन्।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर २४ गते (मंगलबार)
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
मंसीर २५ गते (बुधबार)
दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने तथा बाँकी भूभागमा मौसम आंशिक बदलि रहनेछ।
राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।
मंसीर २६ गते (विहिबार)
दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भूभाग हरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती: देश भर सामान्य देखि पूर्ण वदली रही पश्चिम भेगका धेरै स्थानहरु र मध्य तथा पूर्वका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च हिमाली भूभाग हरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार