चिसोबाट जोगाउन कपडा तथा दाउरा वितरण
नेपालबहस संवाददाता
मंसिर २७, २०७६ शुक्रबार १९:११:५४
२७ मंसिर जाजरकोट । चिसोबाट बच्नका लागि जिल्लाका सातै स्थानीय तहका महिला, सीमान्तकृत वर्ग, गरिब, दलित, जनजाति, वृद्ध र बालबालिकालाई न्यानो कपडा तथा दाउरा वितरण गरिन लागिएको छ । प्रजिअ जनकराज पन्तका अनुसार चिसोबाट जोगाउन कपडा तथा दाउरा वितरण गरिने लागेको हो ।
त्यस्तै विभिन्न विपत्बाट बच्नका लागि सातै स्थानीय तहलाई उच्च सतर्कतामा रहनसमेत आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजना बनाएर कार्यान्वयन गर्नसमेत आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजनाका लागि स्थानीय सरकारले बजेट विनियोजन नगरेका कारण समस्या भएको भन्दै तत्काल सो समस्या समाधान गर्न आग्रह गरिएको छ ।
त्यस्तै सातै स्थानीय तहमा एक-एक हुनेगरी हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ । नाइटभिजन हेलिकोप्टर अवतरणका लागि बत्तीको व्यवस्थासहितका हेलिप्याड निर्माण गर्न आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याउन नेपाली सेनाले तालीम दिने भएकाले सोका लागि आवश्यक सामग्री स्थानीय तहबाट उपलब्ध गराउन आग्रह गरिएको प्रजिअ पन्तले जानकारी दिए ।
त्यस्तै विकास निर्माणका कामलाई तीव्रता दिनसमेत आग्रह गरिएको छ । जिल्लास्तरीय समन्वय बैठकबाट जिल्लाका सबै ठाउँमा सरकारी जग्गा अतिक्रमको तथ्याङ्क सङ्कलन गरी यथाशीघ्र बुझाउन आग्रह गरिएको छ । काम नगर्ने निर्माण व्यवसायीको नामावली सङ्कलन गर्नसमेत भनिएको छ ।
सात सब डिभिजन राख्न प्रस्ताव
जिल्लाका सबै स्थानीय तहमा सबडिभिजन राख्नका लागि कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा पत्र पठाइएको छ । मुख्यमन्त्री कार्यालयले सबडिभिजन घटाउन पठाएको पत्रका आधारमा बसेको बैठकले प्रत्येक स्थानीय तहमा एक-एक हुनेगरी सबडिभिजन राख्न माग गर्दै मुख्यमन्त्री कार्यालयमा पत्र पठाइएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार