१० करोडको लागतमा खानेपानी योजना शिलान्यास
नेपालबहस संवाददाता
मंसिर २८, २०७६ शनिबार १३:४५:२३
२८ मंसिर वालिङ । स्याङ्जाको भिरकोटमा रु १० करोडको लागतमा निर्माण हुने खानेपानी योजनाको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको रु सात करोड, उपभोक्ताबाट सङ्कलन गरिएको रु एक करोड र बाँँकी रकम श्रमदानस्वरुप भिरकोट नगरपालिकाको लागत सहभागितामा निर्माण थालिएको हो ।
कूल रु नौ करोड ९९ लाख ५४ हजार ५२६ को लागतमा बयरघारी खानेपानी तथा सरसफाइ योजना निर्माण शुरु भएको उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले बताए । भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारीमा व्यक्तिगत पाइपमार्फत खोलाको पानी प्रयोग गर्दै आएका बजारवासीलाई शुद्ध र प्रशोधित सफा खानेपानी पु¥याउने उद्देश्यले काम थालिएको नगरप्रमुख छायाराम खनालले बताए ।
“नगरवासीलाई व्यवस्थित खानेपानी घरघरमै पु¥याउने लक्ष्यसाथ योजनाको थालनी गरेका हौँ”, नगरप्रमुख खनालले भने, “थालिएको योजनालाई निर्धारित समयमै सम्पन्न गरी नगरवासीको दैनिकीलाई सहज बनाइनेछ ।”भिरकोट नगरपालिकाका–१, २ र ४ नं वडाका ९४७ घरधुरीका करिब पाँच हजार जनसङ्ख्या लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताए ।
“बायाँखोला र खाँदीखोला मूलबाट पानी ल्याएर भिरकोट–१ केरुङमा चार लाख लिटर र मुहान नजिकै २० हजार लिटरका दुई ट्याङ्की निर्माण गर्नेछौँ”, अध्यक्ष अधिकारीले भने, “बायाँखोला मूलको पानी पाइपमार्फत ट्याङ्कीमा आउनेछ भने खाँदीखोला मूलको पानीलाई लिफ्टिङ गरेर ट्याङ्कीमा सङ्कलन गरिनेछ ।”
लामो समयदेखि प्रतिक्षाको रूपमा रहेको उक्त खानेपानी योजना आगामी २०७७ माघसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालीकोटका किसानलाई गोठालो भत्ता !
बैशाख २६, २०८१ बुधबार
आज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै
बैशाख २६, २०८१ बुधबार
आजको मौसम : यी ठाउँहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
पार्टी विभाजनबारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै
बैशाख २६, २०८१ बुधबार
सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नुहँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
कालीकोटका किसानलाई गोठालो भत्ता !
बैशाख २६, २०८१ बुधबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी कर्णेल पक्राउ
बैशाख २६, २०८१ बुधबार