नेपालमामा शिक्षामा लगानी अभिवृद्धि गर्नुपर्ने खाँचो
नेपालबहस संवाददाता
पुस १४, २०७६ सोमबार १२:२०:८
१४ पुस मुग्लिन । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताएका छन् ।चितवनको इच्छाकामना–४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा भएकाले राष्ट्र र समाजको विकासका लागि शिक्षामा लगानी बढाउन आवश्यक रहेको बताए ।
अध्यक्ष प्रचण्डले भने,“समाज र राष्ट्रको विकासका प्रमुख आधार भनेको शिक्षा हो, जबसम्म शिक्षामा प्रगति हँुदैन र राज्यले शिक्षालाई प्राथमिकता दिएर त्यसको विकासको निम्ति लगानी बढाउँँदैन, तबसम्म विकास र समृद्धिले गति लिन सक्दैन ।’’ उनले विकसित देशले अहिले पनि शिक्षामा लगानी बढाएका छन् भने नेपाल जस्तो पिछडिएका देशमा शिक्षामा लगानी अभिवृद्धि गर्नुपर्ने खाँचो रहेको धारणा व्यक्त गरे।
अध्यक्ष प्रचण्डले निजी विद्यालयलाई नियमन र सामुदायिक विद्यालयलाई प्रोत्साहन दिनुपर्ने बताए । उनले भने,“ केही वर्षअघि आँधीहुरी जस्तो निजी विद्यालय खुल्ने क्रम बढ्यो, सार्वजनिक विद्यालय नाजुक हुनुपर्ने अवस्थामा पुग्यो तर अहिले सामुदायिक विद्यालयले पनि शैक्षिक गुणस्तरमा राम्रो सुधार गरिरहेका छन्, सार्वजनिक विद्यालयलाई जति राम्रो गर्न सक्यो समृद्धिको यात्रालाई त्यत्तिकै तीव्र गतिमा लैजान सक्छौँ ।’’ उनले आफू प्रधानमन्त्री हँुदा सो विद्यालयको भौतिक पूर्वाधारका लागि बजेट उपलब्ध गराएको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विसं २०२७ मा स्थापना गरिएको यस विद्यालयले स्वर्ण महोत्सवको अवसरमा विद्यालयका संस्थापक प्रधानाध्यापक तथा पूर्वमन्त्री हितराज पाण्डे र विद्यालयका पूर्व विद्यार्थीसमेत रहनुभएका गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङलाई सम्मान गरिएको थियो ।
स्वर्ण महोत्सवको अवसरमा विभिन्न खेलकूद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने विद्यालयका प्रधानाध्यापक जोहन खरेलले जानकारी दिए । यसैबीच अध्यक्ष प्रचण्डले आजै नेकपा इच्छाकामना गाउँ कमिटीका सदस्यलाई शपथ गराए। दानबहादुर गुरुङको अध्यक्षतामा ७५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार