आज पश्चिममा वर्षा र हिमपात
नेपालबहस संवाददाता
पुस २८, २०७६ सोमबार १९:२४:३९
२८ पुस काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मङ्गलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने बताइएको छ । मौसमी प्रणालीमा छिटो–छिटो परिवर्तन आएका कारण केही दिन मौसम सफा हुने र फेरि बदलीसहित वर्षा तथा हिमपात हुने प्रवृत्ति दोहोरिएको मौमसविद् प्रतिभा मानन्धरले बताए । “कुनै वर्ष बर्खायाममा बढी सुख्खा भयो भने हिउँदमा बढी वर्षा हुन्छ”, मौसमविद् मानन्धरले भने । आज विकसित हुने मौसमी प्रणाली पश्चिमी भूभागमै भित्रिएर पश्चिमबाटै बाहिरिने र अन्य भूभागमा त्यसको प्रभाव नपर्ने जनाइएको छ ।
मङ्गलबार देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भूभागमा आंशिक बदली हुने बताइएको छ । माघ १ गते देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाइएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष २८ गते (सोमबार)
दिउँसो : देशका पहाडी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
रातीः देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
पौष २९ गते (मंगलबार)
दिउँसो : देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य पहाडी भू्-भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशका पश्चिमी भू-भागमा सामान्य बदली भई अन्य भू्भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
माघ १ गते (बुधबार)
दिउँसो : देशका पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली भई अन्य भू्-भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशभरको मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):– तराई भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने भएकोले हुस्सु्/कुहिरो लागेको स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
वर्षाले खेल रद्द भएसँगै गुजरात प्लेअफबाट बाहिरियो
जेठ १, २०८१ मंगलबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
संसदको गतिरोध हटाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल
जेठ १, २०८१ मंगलबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार