सडक सुरक्षा एवं सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
माघ ३, २०७६ शनिबार ४:३१:१४
३ माघ भक्तपुर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सुरक्षा एवं सुरक्षा सामाग्री हस्तान्तरण कार्यक्रम भक्तपुरस्थित कौशलटारमा शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई सुरक्षा सामाग्री हस्तान्तरण गरे ।
सो अवसरमा प्रमुख आतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले नागरिक, विभिन्न संघसंस्थाहरुको सहभागिता भएमा मात्र सडक दुर्घटना न्यूनिकरण गर्न सकिने बताए ।
सडक सुरक्षामा देखा परेका समस्याहरुको पहिचान गरी यसको समाधान गर्न नयाँ प्रविधिको प्रयोगले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै सडक सुरक्षा थप व्यस्थित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको उनले बताए। कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सडक सुरक्षा सबैको साझा विषय भएकोले नेपाल प्रहरीका साथै विभिन्न संघसंस्था र सडक प्रयोगकर्ताहरु उत्तरदायी हुनुपर्ने बताए ।
सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पूरा गर्न र विकास निर्माणको कार्यलाई तीव्रता दिन सुरक्षा महत्वपूर्ण विषय रहेको उनले चर्चा गरे। समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिकले प्रहरीलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेको समेत उनले बताए । कार्यक्रममा प्रतिनिधी सभाका सदस्य महेश बस्नेत र मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदन सुन्दर ‘जगुलु’ श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गरेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले स्वागत मन्तव्य तथा कार्यक्रम माथि प्रकाश पारेका सो कार्यक्रममा महानगरीय ट्राफिक महाशाखा रामशाहपथ काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले धन्यवाद ज्ञापन गरेका छन् ।
उक्त सुरक्षा सामाग्रीहरु मध्यपुर ठिमी नगरपालिका, स्थानीय बैंक, सहकारी लगायत विभिन्न संघस्थाहरुको आर्थिक सहयोगमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
महानगरीय प्रहरी वृत्त ठिमीको आयोजना तथा मध्यपुर ठिमी नगरपालिका, सूर्यविनायक नगरपालिका, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गठ्ठाघरको सहआयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानीय निकाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, लगायत स्थानीय भद्रभलादमी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार