लुकीछुपी जुवातास खेल्ने २७ जना प्रहरी खोरमा
नेपालबहस संवाददाता
माघ १२, २०७६ आइतबार १८:५९:३८
१२ माघ काठमाडौं । काठमाडौं, महानगरपालिका-३१ बानेश्वर ओमशान्ति चोक डेरा गरी बस्ने गोरखा देउराली गाउँपालिका-५ घर भएका ४३ वर्षीय फुल बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा नगद ७८ हजार ८ सय ५० रुपैयाँ र ६ बुक तास सहित गुरुङ लगायत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चोकस्थित युनिक फोटोकपी पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थान बस्ने २७ वर्षीय नरेश झा लगायत ११ जनालाई नगद ९६ हजार २ सय ९० नेपाली रुपैयाँ तथा ४ हजार ८० भारतीय रुपैयाँ र ३ बुक तास सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१५ बधिग्राम डेरा गरी बस्ने सुनसरी धरान घर भएकी ३० वर्षीय तारा कुमारी कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की लगायत ८ जनालाई नगद १ लाख ४३ हजार ८ सय २५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार