शहीद स्मारक लिग : आर्मी पुनः शीर्ष स्थानमा
नेपालबहस संवाददाता
माघ १४, २०७६ बुधबार ४:६:१९
१४ माघ काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको पुनः शीर्ष स्थानमा पुगेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’को मैदानमा आज भएको खेलमा आर्मीले जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीका लागि कप्तान भरत खवासले निर्णायक गोल गरेका थिए । । पहिलो हाफमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । आर्मीले महत्वपूर्ण अवसर पाए पनि गोल गर्न भने सकेन ।
खेलको ७४औँ मिनेटमा सन्तोष तामाङले दिएको पासको सदुपयोग गर्दै भरतले उत्कृष्ट गोल गरेका थिए । योसहित जारी लिगमा भरतको व्यक्तिगत चौथो गोल हो । दोस्रो हाफमा समेत आर्मी जाउलाखेलमाथि हाबी भएको थियो ।
पटक पटक गोल गर्नबाट आर्मी चुकेको थियो । जितसँगै आर्मी नौ खेलमा २० अङ्कसहित शीर्ष स्थानमा पुग्न सफल भएको छ । यस्तै जाउलाखेल नौ खेलमा १२ अङ्कका साथ लिगको आठौं स्थानमा यथावत् छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार