शहीद स्मारक लिग : च्यासल युथ क्लब विजयी
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार १३:३७:३७
२१ माघ काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को मैदानमा भएको खेलमा च्यासलले मनाङमस्र्याङ्दी क्लबलाई २–० गोलले पराजित गरेको हो ।
खेलको तेस्रो मिनेटमा च्यासलका अमिर श्रेष्ठले गोल गर्ने मौका पाएका थिए । उनले मौकाको फाइदा लिन सकेनन । यस्तै खेलको १०औँ मिनेटमा च्यासलका सन्तोष साउखलको प्रहार गोलमा परिणत हुन सकेन । खेलको २४औँ मिनेटमा टेइगी नाकामुराले च्यासलका लागि पहिलो गोल गरे ।
खेलको ३६औँ मिनेट र ४१औँ मिनेटमा मनाङका अञ्जन विष्टले गोल गर्ने मौका पाए पनि त्यसको फाइदा लिन सकेन। पहिलो हाफको प्रदर्शनमा सुधार गर्दै खेलको मनाङले दोस्रो हाफमा पनि गोल गर्न सकेन । यसैगरी खेलको ४९औँ मिनेटमा निशान लिम्बूले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन । खेलको ६४औँ मिनेटमा मनाङमा विमल रानाले गोल गर्ने मौका पाए पनि विपक्षी खेलाडीले सफल हुन दिएनन् ।
खेलमा रेफ्रीलाई दुव्र्यवहार गरेको भन्दै च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले रातोकार्ड पाएका थिए । खेलको इन्जुरी समयमा नाकामुराको पासमा च्यासलका सन्तोष साउखलले उत्कृष्ट गोल गरे । जितपछि च्यासल १२ अङ्कका साथ लिगको नवौँ स्थानमा उक्लेको छ भने हारपछि मच्छिन्द्र २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।
मुख्य प्रशिक्षक पटवालको राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले नेपालमै आयोजना हुन लागेको त्रिकोणात्मक सिरिज अघि राजीनामा दिएका छन् । नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकिएपछि लागू हुनेगरी पटवालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसीसी’ समक्ष राजीनामा बुझाएका थिए । उक्त सिरिज बुधबारदेखि कीर्तिपुरमा शुरु हुँदै छ । नेपालले पहिलोपटक आइसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न लागेको हो । पटवाल गत जेठमा एक वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको थियो ।
नेपाल क्रिकेट सङ्घ ‘क्यान’ निलम्बनमै रहेका बखत पटवाललाई राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’को पहलमा आइसीसीले मासिक सात हजार अमेरिकी डलर पारिश्रमिक दिनेगरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले पोखरामा यसअघि भइरहेको बन्द प्रशिक्षणका क्रममा राजीनामा दिएको बताइएको छ ।
पटवालले पोखरामा बन्द प्रशिक्षणकै क्रममा आफूले मुख्य प्रशिक्षकबाट राजीनामा दिन लागेको बताउँदै आएका थिए । नेपालले ओमान र अमेरिकासित घरेलु मैदानमा चार खेल खेल्दैछ । नेपाल क्रिकेट सङ्घ ‘क्यान’ले पटवालको राजीनामाबारे आधिकारिकरूपमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार