इटलीमा कोरोनाबाट ११ को मृत्यु, तीन सय जना सङ्क्रमित
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार १८:२८:३३
१४ फागुन एजेन्सी । थुप्रै युरोपेली देशले आफूकहाँ पहिलोपल्ट नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखापरेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । कोरोनाभाइरसको प्रकोप देखिएको इटलीसँग ती सबै घटना जोडिएको बीबीसीमा उल्लेख गरिएको छ ।
अस्ट्रिया, क्रोएशिया र स्विट्जरल्यान्डका अनुसार इटली पुगेर आएका व्यक्तिहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो । कोरोनाभाइरसको सङ्क्रमण देखिने पहिलो ल्याटिन अमेरिकी देश ब्राजिल बनेको छ । सङ्क्रमित व्यक्ति इटलीबाट फर्किएका ब्राजिलका नागरिक भएको बताइएको छ । युरोपमा हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देश इटली बनेको छ ।
त्यहाँ तीन सय जनाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ । तर उसका छिमेकी देशहरूले इटलीसँगको नाका बन्द गर्ने कदम “असमानुपातिक“ हुने बताएका छन् । युरोपभरि र मध्य एवम दक्षिणी इटलीमा सङ्क्रमणका नयाँ बिरामी देखिइरहँदा मङ्गलवार सम्पन्न एउटा बैठकमा फ्रान्स, जर्मनी र इटलीका स्वास्थ्यमन्त्री तथा युरोपेली आयोगले नाकाहरू खुला राख्ने प्रतिबद्धता जनाएका हुन् ।
कोभिड-१९ अर्थात नयाँ कोरोनाभाइरसको प्रकोप अझै फैलन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनका एक वरिष्ठ अधिकारीले तत्काल तयारी गर्न देशहरूलाई सुझाव दिएका छन् । ब्रुस एलवार्डले थुप्रै राष्ट्रहरू नयाँ कोरोनाभाइरसको प्रकोपसँग जुझ्न तयार नरहेको बताए । उनले भने, “पहिलो कुरा मानसिकतामा परिवर्तन हुनुपर्छ । यो भाइरस विश्वभरि चाँडै फैलन सक्छ ।“
नयाँ कोरोनाभाइरसका ८० हजार सङ्क्रमणका घटनाका बीच खासगरि इरानमा देखिएको प्रकोपको स्तर चिन्ताजनक रहेको बताइन्छ । इरानी अधिकारीहरुका अनुसार कोरोनाभाइरसका कारण त्यहाँ अहिलेसम्म १५ जनाले ज्यान गुमाइसकेका छन ्। इरानका स्वास्थ्य उपमन्त्रीमा समेत कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ ।
यसैबीच, नयाँ कोरोनाभाइरसको प्रकोपका कारण संयुक्त राज्य अमेरिका र युरोपका शेअर बजारमा लगातार दोस्रो दिन नकारात्मक प्रभाव परेको छ । अमेरिकी शेअर बजारको एक सूचक मानिने डाउ जोन्समा सोमवारयता छ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । तर ट्रम्प प्रशासनका आर्थिक सल्लाहकार ल्यारी कडलोले कोरोनाभाइरसले आर्थिक त्रासदी फैलाउने कुरामा आफ्नो विश्वास नरहेको र मूल्य घटेकाले शेअर खरिद गर्ने यो ’राम्रो समय’ भएको बीबीसीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार