बजारमा प्यानिक आउनुको यस्तो छ कारण ! करेक्सन मात्र हो त ?
आर्थिक संवाददाता
फागुन १९, २०७६ मंगलबार ०:१९:५१
१९ फागुन काठमाडौं । साताको दोश्रो कारोवार दिन नेप्सेमा ६ प्रतिशतको गिरावट आएसंगै बजार कारोवार सकिनु अघिनै बन्द भएको थियो । दोश्रो बजारमा ९६ दशमलव ०६ अंकको गिरावट आएसंगै दोश्रो बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको थियो । सर्किट ब्रेक सम्बन्धी नयाँ नियम आएसंगै बजारमा सर्किट लागेको यो नै पहिलो पटक हो । यस अघि ५ प्रतिशतमा कारोवार बन्द हुन्थ्यो ।
आज कारोवार बन्द हुनु अघि २ अर्ब १५ करोडको शेयर खरिद बिक्री भएको छ । बजार खुलेबाट नै घटेको थियो । आज बजार १ बजेर ३० मिनेटमा नै बन्द भएको थियो ।
आज बजारमा प्यानिक बिक्री आउनुको यस्तो छ कारण ?
- बजार निरन्तर रुपमा वृद्धि भएको धेरै भएको थियो । बजार आक्रामक वृद्धि हुनु र बजारमा करेक्सन नहुनुले बजारलाई जोखिममा राखेको थियो । त्यसैको कारण बजारले दुई दिन देखि आक्रामक रुपमा घटेको छ ।
- यो पटकको बुलमा अर्थमन्त्री परिवर्तन हुनेकुराले धेरै नै सकारात्मक असर गरेको थियो तर अर्थमन्त्री यथावत हुने चर्चासंगै बजारमा बिक्री चाप आएको हुन सक्छ ।
- त्यस्तै कोरोना भाईरसको कारणले गर्दा आर्थिक क्रियाकलाप कम हुन सक्ने संकेत देखिन सक्ने हुनाले त्यसको प्रभाव पनि शेयर बजारमा परेको देखिन्छ ।
करेक्सन हो की बियारिस ट्रेन्ड भन्ने कुरा एक दुइ दिनको कारोवारबाट स्पस्ट नहुने तर यसरी नै एक दुई दिन बजार घटेमा र बजार घट्दा ठुलो कारोवार भएमा चाहीँ त्यसले केही समय बियारिस मनोविज्ञान निम्ताउने देखिन्छ ।
केही शेयर जानकारका विचार मान्दा निकट भविष्यमा अन्लाईन कारोवारले गर्दा बजारमा पहिले भन्दा उतारचढाव धेरै हुने छ ।
प्राविधिक बिश्लेषण :
पहिलो प्रतिरोध : १५५५ पहिलो टेवा :१४८०
- आज शेयर बजारमा विक्रेताको चाप रहेको छ । बढ्दो शेयर बजार कहिले काहीं सच्चिनुलाई सकारात्मक मानिन्छ ।
- आजको मैनबत्तीले “बियरिस मारुबोजु” चित्र बनाएको छ। यसले अर्को कारोबार दिन पनि आपूर्ती बढ्न सक्ने जानकारी गराउँदछ ।
- दैनिकी अवधिमा “आरएसआई” ६० दशमलब ०४ को बिन्दुमा छ । यो अक्सिलेटरले बजारमा विक्रेताको चाप रहेको जानकारी गराएको छ ।
- “एडिएक्स” तथा जोड ÷ बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा विक्रेताको चाप रहेको जानकारी गरेको छ ।
- “अन ब्यालेन्स भल्यूम” र बजारको प्रवृत्तिले विक्रेताको चाप हुनसक्ने जनाएको छ ।
- नेप्से बढेमा पहिलो प्रतिरोध १५५५ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४८० को क्षेत्रमा पाउने देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार