किसानलाई चैते धानको ब्याड राख्ने चटारो
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार १६:६:०
२० फागुन भजनी । यतिबेला भजनी क्षेत्रका किसानलाई चैते धानको ब्याड राख्ने चटारोले छोएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिका–३, ५, ७ र ८ का किसानले चैते धानबाट जीविकोपार्जन गर्दै आइरहेका छन् । वर्षातको समयमा काँढा, कन्द्रा, पथरैया, मोहना नदीमा आउने बाढी र डुबानले लगाएको धान बगाउने र डुबाउने हुँदा किसानले असोज–कात्तिकमा कमै मात्रामा धान भित्र्याउन पाउँछन् ।
डुबान क्षेत्रमा हिउँदे बालीका रूपमा किसानले मसुरो, तोरी, गहुँ लगाउने गरेको भए पनि केही ठाउँमा वर्षातको पानीको प्रभावले उत्पादनमा कमी आउने हुँदा खेती लगाउन जाँगर नचल्ने भजनी नगरपालिका–३ का किसान अमरबहादुर साउदले बताए । “यस वर्षको घरपरिवार पाल्ने मुख्य आधार नै चैते धान हुनेछ । हिउँदे वर्षाले हिउँदे बाली भित्र्याउन पाइएन”, साउदले भने, “मौसमको अवस्था हेरी वर्षातमा पनि धान रोपिन्छ । तर भित्र्याउन पाइन्छ या पाइँदैन । त्यसको कुनै यकिन हुँदैन ।”
उनले आफूसँग रहेको १३ कट्ठामा चैते धान रोप्ने तयारी गरेको बताए । कृषक साउदले चैतमा लगाएको चैते धान बाढीको पानीले नडुबाए पुनः भदौमा काट्न मिल्ने बताए । “हामी चैतमा रोपेको चैते धान असारमा काट्छौँ”, उनले भने, “त्यही धान मौसम राम्रो भए पुनः भदौमा काट्छौँ । एकपटक गरेको मेहनतको दुईपटक आम्दानी हुने हुँदा पनि चैते धान किसानको मुख्य आकर्षणमा रहेको छ ।”
सोही ठाउँका कृषक चित्रबहादुर साउदले भजनीका किसानमा बाढीकै कारण चैते धानप्रतिको आकर्षण बढेको बताए । “विगतका वर्षहरुभन्दा यो वर्ष अधिकांश किसानले चैते धानको तयारी गरिरहेका छन्”, साउदले भने, “हिउँदे बाली बढी वर्षा भएका कारण राम्रो हुन सकेन । किसानको लागतसमेत हिउँदे बालीबाट आउने अवस्था छैन ।
त्यसैले पनि किसान चैते धानको तयारीमा छन् ।” उनले वर्षातको समयमा पानी नपरेका कारण धान उत्पादनमा कमी आएको भन्दै परिवार पाल्नका लागि भए पनि किसानसँग चैते धानको विकल्प नभएको बताए । “चैते धानको उत्पादन बर्खे धानको भन्दा पनि राम्रो हुन्छ । फेरि बर्खे धान लगाउने समयमा चैते धान काट्न मिलिहाल्छ”, साउदले भने, “किसानले एउटै ‘सिजन’मा दोहोरो फाइदा लिनसक्ने भएका कारण पनि चैते धानको आकर्षण बढ्दो छ ।”
नगरपालिकाका कृषि शाखाप्रमुख कमल चौधरीले नगरपालिकाभित्रका बाढी प्रभावित क्षेत्रमा किसानले १० कट्ठादेखि तीन बिघासम्मको क्षेत्रफलमा चैते धान रोप्ने तयारी गरेको बताए । उनले नगरपालिका–३ र ८ मा चैते धान नमूना गाउँ कार्यक्रम नै सञ्चालन गरिएको बताए । “हामीले चैते धान नमूना कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । यसबाट कृषकहरुलाई आवश्यक पर्ने कृषि उपकरण तथा बीउबिजनको व्यवस्थापन हुन्छ”, प्रमुख चौधरीले भने, “चालू आर्थिक वर्षबाट कार्यक्रम शुरु भएकाले यसलाई नगरपालिकाले पाइलट प्रोजेक्टका रूपमा लिएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार