ग्रीसले अवैध आप्रवासीलाई उनीहरुकै देश फिर्ता गर्ने
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार २२:३९:४८
२२ फागुन एजेन्सी । ग्रीसले यही मार्च १ तारिखपछि अवैध रुपमा ग्रीस प्रवेश गरेका आप्रवासीलाई उनीहरु आएकै स्थानतर्फ फर्काउने जनाएको छ । उनीहरु छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रीस प्रवेश गरेका थिए ।
ग्रीसका आप्रवास मन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी ग्रीस प्रवेश गरेका उनीहरु सबैलाई पक्राउ गरी उनीहरुकै देशतर्फ फर्काइने जानकारी दिए । टर्कीले गत फेब्रुअरी २८ मा आफ्नो भूमिमा लामो समयदेखि रहेबसेका आप्रवासीमध्ये टर्की प्रवेश गर्न चाहनेमाथि कुनै कारबाही नगर्ने वा नरोक्ने घोषणा गरेको थियो । यही मौकामा कम्तीमा १० हजार व्यक्ति ग्रीस प्रवेशका लागि सीमा क्षेत्रमा भेला भएका थिए । युरोपेली यूनियनसँग टर्कीले सन् २०१६ मा गरेको सम्झौतामा यी आप्रवासीलाई ग्रीस वा यूरोपेली मुलुकमा अवैध प्रवेश गर्न नदिने उल्लेख थियो ।
यहीबीच टर्कीले आप्रवासीमाथि खुकुलो नीति लिएसँगै सयौं व्यक्ति ग्रीस प्रवेश गरिसकेका छन् । उनीहरुमध्ये अधिकांश सामुद्रिक मार्ग हुँदै ग्रीसको लेसबोस पुगेका छन् भने केही व्यक्ति ग्रीसका अरु द्वीपमा पुगेका छन् । टर्की र ग्रीसले पछिल्लो समय एकअर्कामाथि आप्रवासीमाथि ज्यादती गरेको आरोप लगाइरहेका छन् । सीमा क्षेत्रमा भेला भएका आप्रवासीमाथि दुबै देशका सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेको छ ।
अथेन्स न्यूज एजेन्सीसँग कुरा गर्दै ग्रीसका आप्रवास मन्त्री मिटाराचीले भने, “हाम्रो उद्देश्य अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउनु हो ।” उनले सन् २०१९ को जनवरी १ भन्दा अघि ग्रीस प्रवेश गरेका र विभिन्न द्वीपमा छरिएर बसिरहेका आप्रवासीलाई आगामी दिनमा एकै थलोमा ल्याइने पनि बताए ।
ग्रीसले गत मार्च १ मा आप्रवासका लागि आवेदन दिए पनि कुनै पनि निवेदनलाई स्वीकार नगरिने घोषणा गरेको थियो । तर ग्रीसको उक्त कदमप्रति विभिन्न मानव अधिकार संस्थाहरुले आलोचना गरेका छन् । ग्रीसको लेसबोसमा यसअघि नै २० हजारभन्दा बढीले आश्रय लिइरहेका छन् ।
टर्कीले सीमा क्षेत्रमा गोली चलाउँदा एक जना आप्रवासीको मृत्यु भएको र अरु पाँच जना घाइते भएको आरोप लगाएको छ, तर ग्रीसले उक्त आरोपको खण्डन गरेको छ । ग्रीसका अनुसार टर्कीको प्रहरीले अश्रुग्यास प्रहार गरी आप्रवासीलाई ग्रीसको सीमाभित्र प्रवेश गराउन मद्दत गरिरहेको छ ।
सिरियाको इड्लिबमा रसिया समर्थित सिरियाली हवाई आक्रमणमा टर्कीका ३३ जना सैनिक मारिएपछि पछिल्लो सङ्कट उत्पन्न भएको हो । इड्लिबमा जारी सिरियाली बम हमला रोक्न युरोप र अमेरिकाले पर्याप्त ध्यान नदिएको टर्कीको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
बैशाख १४, २०८१ शुक्रबार
अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी
बैशाख १४, २०८१ शुक्रबार
मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाको गुनासो- न तलब पाइन्छ, न सम्मान !
बैशाख १४, २०८१ शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
बैशाख १४, २०८१ शुक्रबार
अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
बैशाख १४, २०८१ शुक्रबार