स्याङ्जामा मेला, महोत्सव र सम्मेलनमा रोक
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शनिबार ०:३३:४७
२३ फागुन स्याङ्जा । विश्वभर बढ्दै गएको कोराना भाइरस (कोभिड—१९) को संक्रमण र सन्त्रासले स्याङ्जामा पार्न सक्ने प्रभावका लागि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पुर्व तयारी अनुरुप ५ ओटा निर्णय गरेको छ ।
जिल्लाका सरकारी कार्यालय, जनप्रतिनिधि, विभिन्न सामाजिक संघसंस्था लगायतको सहभागितामा जिल्लामा अर्को निर्णय नभए सम्मका लागि मेला, महोत्सव, सम्मेलन लगायतका कार्यक्रम नगर्न अनुरोध गरेको छ । कोभिड—१९ का बारेमा हरेक स्थानीय तहका स्वास्थ्य शाखाबाट जनचेतामुलक कार्यक्रम संचालन गर्ने निर्णय सगै जिल्ला अस्पताल, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य चौकी र सबै स्थानीय तहका स्वास्थ्य शाखाहरु तयारी अवस्थामा रहन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।
माहामारी विपद व्यवस्थापनका लागि भाइरल, इन्फ्ल्युन्जा, ज्वरो, रुघाखोकी, निमोनिया जस्ता सरुवा रोगको माहामारी रोक्न सबै स्वास्थ्य संस्था र कर्मचारीलाई तयारी अवस्थामा रहिरहन आग्रह गरिएको प्रजिअ कुरुम्बाङ्ले बताए । समितिले जिल्ला अस्पताल, प्रथामिक स्वास्थ्य केन्द्रमा छुट्टै वाडको व्यवस्था गरिराख्न पनि निर्देशन दिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले पुर्व तयारी बारे छलफल गरेर केही निर्णयहरु गरेका छौं प्रजिअ कुरुम्बाङ्ले भने,“संक्रमण र विपद व्यवस्थापनका लागि स्वास्थ्य कार्यालयलाई कार्ययोजना तयारी गर्दै छ ।” सो कार्ययोजना अनुसार जिल्ला विपद व्यवस्थापन समिति अगाडी बढ्ने छ उनले भने । समितिले संघिय सरकारको निर्देशन अनुसार बार्षिक परिक्षा चैत्र ५ गतेभित्र सक्ने गरी जिल्लाका सबै विद्यालयहरुलाई अनुरोध समेत गरेको छ ।
यता कुनै सभा सम्मेलन नगर्न आग्रह गरिएपनि शुक्रवार भुमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भने वालिङमा रहेको नव निर्मित नापी शाखा भबनको उद्घाटन भएको छ । यस बारे जानकारी बुझ्दा प्रजिअ कुरुम्बाङ्ले उद्घाटन समारोहमा कोराना भाइरस बारे जनचेता फैलाउने गरी कार्य योजना तयार भएको बताए । प्रजिअले भनेकै मुताविक कोरोना सचेतना पनि गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार