आइतबार , जेठ २, २०७८

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

२५ फागुन, कञ्चनपुर । पुनर्वास नगरपालिका–८ मा आज मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका छन् ।

“मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए”, प्रहरी निरीक्षक भट्टले भने, “तीमध्ये एकको मृत्यु भएको खबर आएको छ ।” प्रहरीका अनुसार पुनर्वास बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार गम्भीर घाइते भएका छन् भने पुनर्वास–७ का अर्जुन राना र कैलालीको गोदावरी नगरपालिकाका अनिल लामिछाने सामान्य घाइते भएका छन् । घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आक्रोश नगरपालिकामा

शनिबार टिपरको ठक्करबाट बालकको मृत्यु भएको विषयलाई लिएर आज कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालय स्थानीयले घेराउ गरेका छन् ।

म १ ख ८४९ नम्बरको टिपरले ठक्करबाट बेलौरी नगरपालिका–४ का नौ वर्षीया बालक आकाश रानाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आक्रोशित स्थानीयले टिपर चालकलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै नगरपालिका घेराउ गरेका हुन् ।

स्थानीयले बेलौरी बजारसमेत बन्द गरी यातायातका साधन सञ्चालनमा समेत अवरोध गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । बेलौरी क्षेत्रको प्रहरीले सुरक्षा व्यवस्थासमेत कडा पारेको छ । आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय