सम्पदा पुनःनिर्माणले गति लिन सकेन
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार १७:५७:२६
देवराज सुवेदी
२६ फाागुन मेलम्ची । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, स्थानीय तहलगायत सम्बन्धित निकायले चासो नदिँदा गुम्बा तथा मन्दिर अलपत्र परेका छन् । भूकम्पले ढालेका साँस्कृतिक तथा पुरातात्विक सम्पदामा सरकारी बेवास्ता हुँदा गुम्बा तथा मठमन्दिर निर्माणले गति लिन सकेको छैन । बजेट अभावमा निर्माण हुन नसकेका कारण जिल्लाका अधिकांश मन्दिर तथा गुम्बा अझै टहरामै छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय (जिमाली) का अनुसार २०७२ को विनाशकारी भूकम्पले जिल्लामा रहेका १९० गुम्बामा क्षति पुगेको थियो । तीमध्ये चालू आर्थिक वर्षमा पुनःनिर्माण प्राधिकरणले २८ गुम्बा मर्मतका लागि अख्तियारी पठाएको छ ।
अठ्ठाइस गुम्बा मर्मतका लागि प्राधिकरणबाट रु चार करोड २३ लाख आएको हो । जिमालीसँग जिल्लामा भूकम्पबाट कति मन्दिरमा क्षति पुग्यो भन्ने तथ्याङ्क नै छैन । “धेरै गुम्बा पुनःनिर्माण गर्नुपर्ने छ, तर कार्यालयमा मर्मतका लागि मात्रै भनेर बजेट आएको छ”, जिमालीका व्यवस्थापक लक्ष्मणकुमार सेठले भने, “१९० मा २८ गुम्बा मर्मतका लागि बजेट प्राप्त भएको छ, यो निकै कमी हो ।” उनले अघिल्लो आर्थिक वर्षमा गुम्बा मर्मतका लागि वर्षको अन्तिमतिर अख्तियारी आएकाले त्यो रकम फिर्ता भएको बताए ।
अघिल्लो वर्ष रु साढे सात करोड ढिला आएकाले फिर्ता गएको हो । “यो वर्ष समयमै आएकाले काम शुरु भइसकेको छ,” उनि भन्छन्, “१० वटाका लागि सम्झौता भइसक्यो, अरु प्रक्रियामा छन् ।” उनले स्थानीयस्तरमा उपभोक्ता समिति गठन गरेर प्रक्रिया अगाडि बढाइँदै गरेको जानकारी दिए । असारसम्म अख्तियारी आएका गुम्बाको मर्मत भइसक्ने उनको भनाइ छ ।
गुम्बाको क्षति अनुसार प्राविधिक अनुमान गरेर वर्गीकरण छुट्याइएको छ । भूकम्पबाट प्रभावित गुम्बा, विहार, स्तुपाको संरक्षण जीर्णोद्वार तथा पुनःनिर्माण सम्बन्धी कार्यविधि २०७५ले एकदेखि पाँचसम्मको वर्गीकरण गरेको छ । कार्यविधिले संरचना रहेको वरिपरिका क्षेत्र जसको मर्मत नगरे सम्पदामा जोखिम रहने संरचना ग्रेड एकमा राखेको छ । त्यस्तै सामान्य मर्मत गरी प्रयोगमा ल्याउन सकिनेलाई ग्रेड दुईमा, मर्मत पश्चात मात्रै पुनःप्रयोगमा ल्याउन सकिनेलाई ग्रेड तीनमा राखिएको छ । सम्पदा क्षति भएको, प्रयोग गर्न नमिल्ने तथा भत्काएर पुनःनिर्माण गर्नुपर्ने ग्रेड चारमा र पूर्ण क्षति भई भग्नावशेष मात्र बाँकी रहेको अवस्थामा पुनःनिर्माण गर्नुपर्ने संरचना ग्रेड पाँचमा पर्दछन् ।
अहिले मर्मतका लागि जिमालीले एक, दुई र तीन ग्रेडका गुम्बा छनोट गरेको छ । ती गुम्बालाई क्षति र आवश्यकता हेरी रु तीन लाख देखि रु २५ लाखसम्म छुट्याइएको जिमालीका व्यवस्थापक सेठ बताउछन् । कूल रु चार करोड तेइस लाख बजेटमध्ये मर्मतका लागि पाँचपोखरी थाङपाल गाउँपालिकास्थित बरुवामा रहेको स्याङ्बा ङयुडने गुम्बाका लागि सबैभन्दा कम रु तीन लाख छुट्याइएको छ । “यो सहित स्थानीयवासीले २० प्रतिशत श्रमदान गुर्नहुन्छ”, सेठले भने, “हामीले रङ्गरोगन, घेराबार, झ्यालढोका, चुहिने छाना, पर्खाल, शौचालय आदि हेर्छौं ।” उनले आगामी वर्षमा थप गुम्बा निर्माण तथा मर्मत गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार