शनिबार , जेठ १, २०७८

हुण्डाई गल्फ टुर्नामेण्ट उपाधि अशोक सिंहलाई

हुण्डाई गल्फ टुर्नामेण्ट उपाधि अशोक सिंहलाई

२६ फाल्गुण, काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक ‘एसपी’ अशोक सिंहले हालै राजधानीमा सम्पन्न हुण्डाई खुला गल्फ प्रतियोगितामा गल्फ टुर्नामेण्ट २०२० उपाधि  हात पारेका छन् । गोकर्ण गल्फ कोर्टमा हालै सम्पन्न १७ जना एम्याच्योर खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगितामा उत्कृष्ठ खेलाडी सिंहले ३७ प्वाइण्ट प्राप्त गरेका थिए ।

सिंहका प्रतिस्पर्धी टासी छिरिङ र याम गुरुङ ३६ प्वाइण्टमै समेटिएका थिए । छिरिङले १९ अंक प्राप्त गरी दोस्रो उपाधि प्राप्त गरे भने गुरुङ १४ अंकमा सीमित भई सेकेण्ड रनरअप बन्न सफल भए । यसैगरी बेष्ट ग्रस टाइटिल भने वाङछेन डोन्धुपले हत्याएका छन् । उनले ३५ ग्रस प्वाइण्ट प्राप्त गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैबीच ६० वर्ष माथिका सिनियर गल्फरको उपाधि भने मेजर जनरल विजय मोक्तानले जितेका छन् । उनले टीजी श्रेष्ठको सहयोगमा ३४ अंक बनाएका थिए । यसैगरी आश्रय बस्नेतले १३ अंक प्राप्त गरी जुनियर विनरको उपाधि प्राप्त गरेका छन् ।
यस्तै महिलातर्फ करिष्मा श्रेष्ठ सर्वाेत्कृष्ठ खेलाडी बनेकी छन् । उनले ३३ अंक प्राप्त गरिन् ।

यस्तै हुण्डाई कार विजयी क्याटेगोरीमा भने रवीन्द्र तिवारी उत्कृष्ट बनेका छन् । उनले ३२ अंक जोडेका थिए । तिवारीसँग निकट प्रतिस्पर्धा डा.निरञ्जन शर्मा थिए । यसैगरी लामो दूरी पार गर्ने प्रतिस्पर्धामा भने प्रकाश गुरुङ विजयी भएका छन् ।लक्ष्मी इन्टरनेसनल प्रालिद्वारा प्रायोजित उक्त कार्यक्रममा १२९ जनाले भाग लिएका थिए ।

प्रतियोगितामा विजयीहरुलाई नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिक ,लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, हुण्डाई मोटर्स कम्पनीका एसिया प्यासेफिकका महाप्रवन्धक जे एच सोई , गोकर्ण गल्फ क्लबका अध्यक्ष सुधिर घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय