अब दैनिक १० हजार मास्क उत्पादन सुरु
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १६:०:५०
२७ फागुन काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा भइरहेको मास्क अभाव टार्न उत्पादन सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुने गरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
यता चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मास्क उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन भइसकेको छ । दुई दिनपछि नै दैनिक १० देखि २० हजार थान मास्क उत्पादन हुने भएको छ । मास्क मात्रै होइन, कोभिड–१९ संक्रमित बिरामीको नजिक जाने चिकित्सक र अन्य व्यक्तिले प्रयोग गर्नैपर्ने पीपीई अर्थात् व्यक्तिगत सुरक्षा सामग्री पनि नेपालमा उत्पादन हुन थालिसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार उत्पादित पीपीई हाल विश्व स्वास्थ्य संगठनमा गुणस्तर जाँचका लागि पठाइएको छ । तत्कालको अभाव टार्न यूएसआईडीले मन्त्रालयलाई एक हजार थान पीपीई सहयोग गरेको छ ।
विभिन्न फार्मेसी र सर्जिकल हाउसले कालोबजारी गर्ने उद्देश्यले लुकाएका मास्क अनुगमन गरी निकालेर भए पनि पहुँच सहज बनाइने छ । कोभिड–१९ को त्रासका कारण अनावश्यक रूपमा मास्कको प्रयोग बढेको छ । बजारमा मास्क अभाव बढ्दै गए पनि नेपालमै उत्पादन हुने भएकाले ढुक्क भएको छ ।
नेपालमा कोभिड–१९ का बिरामी नभएकाले अहिले नै पीपीई प्रयोग गर्नुपर्ने आवश्यकता नभएको उनको भनाइ छ । संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीका लागि मात्रै यस्ता सामग्री आवश्यक हुन्छन् । कोभिड–१९ संक्रमणको आशंकापछि आइसोलेसन वा क्वारेन्टाइनमा राखिएका बिरामी भेट्दासमेत पीपीई आवश्यक छैन । एयरपोर्ट र नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले पीपीई मागिरहे पनि आवश्यकता नभएको बताइएको छ ।
परीक्षण गर्न २ हजार किट
कोभिड–१९ परीक्षण गर्न २ हजार किट तयारी अवस्थामा राखिएको महानिर्देशक श्रेष्ठले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ४ सय ३७ वटा त्यस्ता परीक्षण गरिसकेको छ । पहिलो टेस्टबाहेक सबै नेगेटिभ आएका छन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोभिड–१९ को जोखिममा राखेपछि किट अझै ल्याउने तयारी रहेको उनले बताए ।
३ सय बेडको क्वारेन्टाइन बनाइने
नेपालमा ठूलो संख्यामा कोभिड–१९ का बिरामी देखिए एकै ठाउँमा कसरी राख्ने भनेर समेत तयारी भइरहेको छ । डा। देवकोटाका अनुसार सरकारले सकभर ३ सय बेडको अस्पताल नै बनाउने तयारी गरिरहेको छ । उनका अनुसार नयाँ अस्पताल बनाउन सम्भव नभए मानव बस्तीबाट टाढाको खाली भवनलाई क्वारेन्टाइनका लागि प्रयोग गरिनेछ । कान्तिपुर दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार