अटोरिक्साबाट युवाहरु आर्थिकरूपमा सबल बन्दै
नेपालबहस संवाददाता
चैत ३, २०७६ सोमबार १९:१२:४८
३ चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका वसन्त चौधरीले अटोरिक्सा चलाउन थालेपछि परिवारको खर्च सहजरूपमा चल्न थालेको छ । परिवारको खर्च चलाउनका लागि मजदूरीमा जानु परेको छैन । बैंकबाट रु आठ लाख ऋण निकालेर चौधरीले अटोरिक्सा खरिद गरेसँगै घरमै पसल सञ्चालन गरेका छन् ।
“रु पाँच लाख अटोरिक्सामा र रु तीन लाख पसलमा खर्च गरेको छु”, उनले भने, “अटोरिक्सा मैले सम्हालेको छु । पसल श्रीमतीले सम्हालेकी छिन् । यसबाट सहजरूपमा परिवारको खर्च चलेको छ ।” सात महिनादेखि अटोरिक्सा चलाउँदै आएका चौधरीले बैंकबाट निकालेको आधा ऋणबापतको रकम चुक्ता गरिसकेका छन् । अटोरिक्साबाट मात्रै दैनिक उनले रु दुई हजारभन्दा बढी रकम आम्दानी गर्दै आएका छन् ।
रोजगारी केही नहुँदा अटोरिक्सा र पसल एकसाथ सञ्चालन गर्नुपरेको उनले बताएका छन् । तत्कालीन नेकपा माओवादी पार्टीमा आबद्ध भएर एक दशकसम्म जनयुद्धमा सहभागी भएका चौधरी पार्टीले बेवास्ता गरेपछि क्षेत्रीय ब्युरो सदस्यबाट राजीनामा दिएर व्यवसायमा संलग्न भएको बताउछन् ।
“जनयुद्धमा देखाएका सपनाबाट पार्टी पछाडि हटेपछि परिवार चलाउनकै लागि स्वरोजगारमा संलग्न भएँ । राजनीतिलाई थाँती राख्दै रोजगारीमा संलग्न भएपछि जीवन सहज भएको छ ।” सामाजिक कार्यमा सधैँ अग्रपङ्क्तिमा रहने चौधरी गाउँका लोकप्रिय व्यक्तिमा चिनिन्छन् । “जुन पेशाले जीवन चलाउन सहज हुन्छ । त्यही पेशालाई निरन्तरता दिन्छु । राजनीतिमा फर्कने कुनै योजना छैन” उनले भने ।
वसन्तजस्तै वैदेशिक रोजगारीमा संलग्न भएर फर्केका जोनापुरकै कमलेश चौधरीसमेत अटोरिक्सा व्यवसायमा संलग्न भएका छन् । मलेशियामा दुई वर्ष रोजगारी गरेर फर्केका चौधरीले भने, “वैदेशिक रोजगारीमा हुँदा मासिक रु २० हजार जति तलब पाइन्थ्यो । त्यसले घर खर्च चलाउनै मुस्किल हुन्थ्यो । घर फर्किएपछि रोजगारीको कुनै उपाय थिएन । केही महिना निर्माण मजदुरका रूपमा काम गरेँ ।” बजार क्षेत्रमा अटोरिक्सा चलेको देखेपछि अटोरिक्सा खरिद गर्ने निर्णय गरेको उनले बताएका छन् ।
“अटोरिक्सा खरिद गर्ने पैसा थिएन । वैदेशिक रोजगारीबाट कमाएको रकम घर खर्चमै सिद्धिएको थियो । स्वामित्वको थोरै जग्गा थियो । त्यही जग्गा बैंकमा धितो राखी रु पाँच लाख ऋण झिकँे”, उहाँले भन्नुभयो, “त्यसबाटै अटोरिक्सा खरिद गरे । एक वर्षमै अटोरिक्सा चलाएर पूरै कर्जा तिर्न भ्याएँ । अटोरिक्साबाट कमाएको रकमले घर खर्च चलेकै छ । भविष्यका लागि बैंकमा समेत रकम जम्मा गर्न थालेको छु ।”
अटोरिक्सा चलाएर कुनै महिना रु ५० हजार र कुनै महिना रु ६० हजार जति कमाइ हुने गरेको उनको भनाइ छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडकको अवस्थामा सुधार आएपछि नगरपालिका क्षेत्रका प्रत्येक गाउँसम्म यातायातका साधन पुग्न थालेका छन् । घरबाटै स्थानीय बासिन्दा अटोरिक्सामा चढेर गन्तव्यमा जान थालेका छन् । विगतमा सडकको स्तरोन्नति नहुँदा हिँडेरै गन्तव्यमा पुग्नुपर्ने बाध्यता थियो ।
स्थानीयवासी अशोक चौधरीका अनुसार हाल गाउँगाउँसम्म अटोरिक्सा चल्न थालेपछि आवतजावतमा निकै सहज भएको छ । अटो सञ्चालकहरु स्वरोजगारसमेत भएको उनले बताएका छन् । हिँडेर तीन घण्टा लाग्ने ठाउँमा २० मिनेटमा पुग्न सकिने भएको उहाँले बताएका छन् । नगरपालिका क्षेत्रमा ६० भन्दा बढी अटोरिक्सा सञ्चालनमा छन् । प्रत्येक अटोरिक्साबाट नगरपालिकाले रु ३५ का दरले दैनिक कर लिने गरेको छ ।
अटोरिक्सा सञ्चालनका लागि पार्किङको निश्चित स्थान नहुँदा निकै समस्या हुने गरेको छ । “सडक छेउमा अटोरिक्सा रोक्दा ट्राफिक प्रहरीले जरिवाना तिराउँछन्”, अटो चालक मदन धामीले भने, “नगरपालिकाले अटो पार्किङको स्थान नतोकिदिँदा निकै सास्ती खेप्दै आएका छौँ । नगरपालिकालाई दैनिक कर तिर्दै आएका छौँ । स्थान तोकिदिनोस् भन्दै पनि आएका छौँ । बेवास्ता हुँदै आएको छ ।”
जनप्रतिनिधि आएको पहिलो वर्ष स्तरोन्नति गरिएका सडक हाल आएर जीर्ण बन्दै जान थाले पनि चासो नदिँदा बर्सातका बेला सडकमा अटोरिक्सा चलाउन नसकिने भएको अटो चालकहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
बैशाख २३, २०८१ आइतबार
‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार