पूर्वी पहाडी जिल्लामा ग्यास अभाव, उपभोक्ता मारमा
नेपालबहस संवाददाता
चैत ४, २०७६ बुधबार १:१५:९
४ चैत, मङ्गलबारे । पूर्वी पहाडी जिल्ला इलाममा ग्यास अभाव भएको छ । कोरोना भाइरसका त्रासका कारण उपभोक्ताले सिलिण्डर भरेर राख्न थालेपछि बजारमा ग्यास अभाव भएको हो । बजारमा ग्यास अभाव भएपछि उपभोक्ता मारमा परेका छन् । विशेष गरेर कोठा बस्ने विद्यार्थी, कर्मचारी, गृहिणी, होटल व्यवसायी लगायत समस्यामा परेका छन् ।
होटलमा खाना, खाजा, चिया खान आउने सेवाग्राहीलाई पनि फर्काउनुपर्ने स्थिति आउने भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको होटल व्यवसायीको भनाइ छ । सहज रुपमा ग्यास आपूर्ति नहुँदा बजारी क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई समस्या भएको छ । सरकारी निकायबाट बजारमा ग्यासको अभाव नभएको भन्ने गरे पनि बजारमा ग्यास पाउन नै छोडेको छ । यसले गर्दा उपभोक्तालाई समस्या भएको छ । पुरानो सिलिण्डर बुझाएको १५ दिन बित्दा पनि ग्यास पाउन समस्या हुँदा उपभोक्तालाई मारमा परेको स्थानीयवासीको भनाइ छ ।
इलाम बजारका स्थानीय बालकुमार पोख्रेलले ग्यास अभावका कारण खाना खान नै समस्या आउने भन्दै बेलैमा समस्याको समाधान गर्न लाग्नुपर्नेमा जोड दिए । उनले एउटा सिलिण्डर बुझाएको र अर्को सिलिण्डर डिलरमा बुझाएको १० दिन बितिसक्दासमेत नयाँ सिलिण्डर नपाएको गुनासो गरे ।
ग्यास अभाव हुनुमा सबैभन्दा बढी दोषी उपभोक्ता नै भएको बिक्रेताको भनाइ छ । कोरोना भाइरसको त्रासले उपभोक्ताले ग्यास भरेर घरमा राखेका कारण यस्तो समस्या आएको बताइएको छ । भाइरस भित्रिए भारतले नाका शिल गर्दै जाने र ग्याससमेत नपठाउने भएकाले उपभोक्ताले ग्यास आउने बित्तिकै लैजाने र स्टक गर्ने भएकाले यस्तो स्थिति आएको कोशी ग्यास डिलर इलामका माधव श्रेष्ठले बताए । उनका अनुसार महिना दिनअघि मासिक एक हजार ६०० को हाराहारीमा ग्यास आउने गरेको थियो तर अहिले दुई हजार ४०० माथि ग्यास सिलिण्डर आउँदा पनि ग्यास हाहाकार हुनुमा उपभोक्ताकै कारण समस्या आएको उनले बताए ।
व्यापारीले कालाबजारी गरेको हो वा हुनेखाने उपभोक्ताले बजार कब्जा गरेको हो ? यस विषयमा अनुसन्धान र खोजी गर्न जरुरी रहेको उनको भनाइ छ तर सामान्य जीवनस्तरमा चल्ने उपभोक्तालाई भने अत्यन्तै समस्या भएको छ । यसतर्फ पनि सम्बन्धित निकायले चासो बढाउन आवश्यक छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार