सीमावर्तीमा थप पाँच स्थानमा जाँचकक्ष स्थापना गरिँदै
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १८:२०:३२
६ चैत, बाँके । भारतको उत्तरप्रदेशमा कोरोना सङ्क्रमित बिरामी फेला परेपछि सीमावर्ती बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा सावधानी अपनाइएको छ ।
नेपालमा सङ्क्रमण हुन नदिन गाउँपालिका क्षेत्रमा थप चार स्थानमा स्वास्थ्य जाँचकक्ष स्थापना गरिने भएको छ । यसअघि एक स्थानमा जाँचकक्ष स्थापना गरिएको थियो । विश्वव्यापी बनेको कोरोना भाइरसको सङ्क्रमण रोक्न भारत आवतजावत हुने थप चार स्थानमा स्वास्थ्य जाँचकक्ष स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताएका छन् ।
उनका अनुसार भारतसँग सीमा जोडिएको नरैनापुरको रोशनपुर्वा, घोरदौरिया, भगवान्पुर र सोनवर्षामा स्वास्थ्य जाँचकक्ष स्थापना गर्न लागिएको छ । सुइयानाकामा भने यसअघि नै जाँचकक्ष स्थापना गरिएको छ । “सकेसम्म अब सीमा वारपार नगर्न हामी सबै नागरिकलाई अपिल गर्दछौँ, अत्यावश्यक कामबाहेक अन्य समयमा धेरै हिँडडुल नगर्न हाम्रो आग्रह छ”, अध्यक्ष साहले भने, “पूर्व सावधानीस्वरुप नरैनापुरका विभिन्न क्षेत्रबाट भारत आवजआवत गर्ने नागरिकको स्वास्थ्य परीक्षण अनिवार्यरूपमा गर्ने व्यवस्था मिलाउँछौँ ।”
भारतको उत्तर प्रदेशमा पनि कोरोना सङ्क्रमित बिरामी भेटिएकाले खुला सीमाका कारण बढेको जोखिमलाई मध्यनजर गर्दै नरैनापुरबाट भारततर्फ बढी आवतजावत हुने स्थानमा अनिवार्य स्वास्थ्य परीक्षण गर्ने गरी स्वास्थ्य जाँचकक्ष स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोइन खाँले जानकारी दिएका छन् ।
उनका अनुसार प्रत्येक जाँचकक्षमा एक सिफ्टमा दुई स्वास्थ्यकर्मी रहने गरी प्रहरीको सहयोग लिएर सेवा सञ्चालन गरिने छ । सर्वसाधारणलाई कोरोना भाइरसका लक्षण र यसको सङ्क्रमण हुन नदिन अपनाउनुपर्ने सजगताका बारेमा जानकारी दिन माइकिङ गर्ने निर्णय पनि भएको छ । माइकिङ गर्दै घरघरमा पर्चा पम्प्लेट पनि वितरण गरेर नागरिकलाई स्वास्थ्य सजगता अपनाउन अपिल गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत अङ्गतबहादुर शाहीले खुला सीमाका कारण नरैनापुरमा पनि कोरोना सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै भारत आवतजावतमै कडाइ गर्न जरुरी रहेको बताएका छन् । सर्वसाधारणलाई कोरोनाको सङ्क्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन आवश्यक रहेकाले जनप्रतिनिधिले यसतर्फ ध्यान दिनुपर्ने उनले सुझाव दिएका छन् ।
बाँकेको जानकी गाउँपालिकाले पनि भारतसँगको सीमाक्षेत्र वडा नं १ साइगाउँमा कोरोना भाइरस परीक्षण कक्ष स्थापना गर्न लागेको अध्यक्ष रामनिवास यादवले जानकारी दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले जमुनाहनाका, विमानस्थल, उपमहानगरपालिका कार्यालय, बसपार्कलगायतका स्थानमा जाँचकक्ष सञ्चालन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
सन् २०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने अनुमान
बैशाख ३१, २०८१ सोमबार
सत्ता गठबन्धन फेरिन सक्छः नेपाल
बैशाख ३१, २०८१ सोमबार
टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रूपैयाँ ठगी गर्ने पक्राउ
बैशाख ३१, २०८१ सोमबार
देउवा र लामिछानेलाई सभामुखले भनेः आजै मिल्नुस
बैशाख ३१, २०८१ सोमबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
आगलागी नियन्त्रणमा पूर्वतयारी
बैशाख ३१, २०८१ सोमबार