कोलकतामा कोरोना संक्रमित आमाले स्वस्थ शिशु जन्माइन
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ बिहिबार १९:५४:३७
११ बैशाख एजेन्सी । भारतको पश्चिम बंगालस्थित एक अस्पतालमा एकजना कोरोना संक्रमित आमाले स्वस्थ बच्च जन्माएकी छिन् । उनी कोरोनाको संक्रमण भएपछि अस्पतालमा उपचाररत छिन् ।
उनले जन्माएको शिशुमा कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो । तर ती शिशुको परीक्षणबाट उनको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । पश्चिम बंगालको उलुबेरिया भन्ने स्थानमा रहेको अस्पतालमा उनले शिशु जन्माएकि हुन् । शिशुमा कोरोनाको संक्रमण देखिएको छैन र उनलाई आमाभन्दा छ फिट पर राखिएको जनाइएको छ ।
आमा र नवजात शिशुको उपचारका लागि उक्त अस्पतालले चिकित्सकहरुको विशेष टोली खटाएको जनाएको छ । उक्त टोलीमा प्रसुती रोग विशेषज्ञहरुका साथै भाइरल रोगका विशेषज्ञहरु पनि रहेका बताइएको छ । समाचारमा जनाइएअनुसार ती आमाले जन्म दिने नवजात शिशुमा पनि कोरोनाको संक्रमण हुने हो कि भन्ने ठूलो त्रासमा त्यहाँका चिकित्सक र स्टाफ नर्सहरु रहेका थिए । तर पनि सोमबार बिहान बच्चा जन्मिएपछि उनको परीक्षणबाट ती शिशु संक्रमित नरहेको समाचारले भने अस्पतालमा खुशी दिलाएको बताइएको छ ।
त्यसैले ती शिशुलाई पनि सामाजिक दुरी कायम गरेर आमाभन्दा ५ फिट पर राखिएको छ भने आमा र बच्चाको स्याहार र उपचारमा चिकित्सकहरुको विशेष टोली खटाइएको छ । ती आमाले सोमबार बिहान शिशुलाई जन्म दिएकी हुन् । नवजात शिशु २।५ किलोग्राम वजनको र स्वास्थ्य अवस्थामा रहेको सो अस्पतालले जनाएको छ ।
त्यस अस्पतालमा अरु पनि कोरोनाका संक्रमितहरुको उपचार जारी रहेको सो अस्पतालले जनाएको छ । ती आमालाई उक्त शिशुलाई दुध चुसाउन दिइएको छ । आमा छोराको उपचार र हेरचाहका लागि अस्पतालका केही कर्मचारी खटाइएको छ । शिशु र उनको आमालाई उनको बुबाले भिडियो कन्फ्रन्सिङमार्फत हेर्ने व्यवस्था मिलाइएको थियो । सुत्केरीका आफन्तहरुलाई भने अस्पताल आउन दिइएको छैन ।
उनका कतिपय अस्पतालका चिकित्सक र कर्मचारीहरु पनि कोरोना संक्रमित भएका समाचार आएका छन् । मुम्बईमा पनि दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार मात्र बताइएको थियो । प्राप्त समाचार अनुसार मुम्बइका दुई जना चिकित्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्रमित भएका बताइएको छ ।
भारतमा यहाँको राजधानी नयाँ दिल्लीमालगायत यहाँका कैयौँ शहरमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन नयाँ नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेका समाचारहरु आइरहेका छन् । महाराष्ट्र राज्यमा कारोनाबाट कैयौँ पत्रकार संक्रमित भएका समाचार आएको छ भन्दै उनीहरुको उपचारका लागि यहाँको सरकारले विशेष व्यवस्था गरेको जनाएको छ ।
भारतमा पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको संख्या निकै बढ्दै गएको छ । यहाँ बिहीबार प्राप्त समाचारमा २१ हजार ३९३ जना।संक्रमित भएका छन् भने ,६८१ जनाको मृत्यु भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न
बैशाख २१, २०८१ शुक्रबार
सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा
बैशाख २१, २०८१ शुक्रबार
मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ का रुपमा घोषणा गर्ने
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै
बैशाख २३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २३, २०८१ आइतबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार