शुक्रबार , बैसाख ३, २०७८

वैशाख २६ गते संसदको वजेट अधिवेशन बोलाउन सिफारिस

वैशाख २६ गते संसदको वजेट अधिवेशन बोलाउन सिफारिस

२१ बैशाख, काठमाडौं । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुुवाटारमा आज भएको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको अर्थमन्त्रीका सञ्चार संयोजक यमन पौडेलले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

नेपालको संविधानअनुसार सङ्घीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधनअनुरुप बजेट अधिवेशनका निम्ति सिफारिस गरिएको हो । जेठ १५ अगावै पूर्व–बजेट छलफल गर्ने परम्परा छ । नयाँ संविधान जारी भएयता पूर्व–बजेट छलफलका लागि वैशाखको दोस्रोतिर बजेट अधिवेशन आह्वान हुने गरेको थियो तर यो वर्ष कोरोना भाइरसका कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र पूर्व–बजेट छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने परिस्थिति सिर्जना भएको छ ।

पूर्व–बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागिपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय