सभामुखद्वारा संसद् बैठक सञ्चालनको तयारीबारे छलफल
नेपालबहस संवाददाता
बैशाख २१, २०७७ आइतबार २३:७:१९
२१ बैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन्।
सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गरेको सचिवालयले जनाएको छ । छलफलका क्रममा सभामुख सापकोटाले सङ्घीय संसद्का तर्फबाट गर्न सकिने सबै पूर्वतयारी गर्न निर्देशन दिए ।
सङ्घीय संसद् सचिवालयले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले सङ्घीय संसद् भवनमा यही वैशाख १८ गते गरेको स्थलगत अनुगमनका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरुको बसाइ व्यवस्थापन गरिरहेको जनाएको छ ।
यही वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पोख्रेलसहितको तीन सदस्यीय टोलीले सङ्घीय संसद् भवनको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि स्वास्थ्य टोलीले सबै सांसदहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन र सभाहलमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने व्यवस्था मिलाउन सुझाव दिएको थियो । टोलीले सांसदहरुका लागि सर्जिकल माक्सको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माइक एकजना सांसदले बोलिसकेपछि सानिटाइज गरेर मात्रै अर्को सांसदले बोल्ने व्यवस्था मिलाउन, हरेक टेबलमा सानिटाइजर राख्न, बैठक कक्षको ‘सेन्ट्रल एसी’ नचलाउनेलगायतका सुझाव दिएको थियो ।
यसैबीच सङ्घीय संसद् ‘प्रतिनिधिसभा र राष्ट्रियसभा’ दुवै सदनको छैटौँ अधिवेशन यही वैशाख २६ गतेदेखि शुरु हुँदैछ । नेपालको संविधानअनुसार, सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बर्खे अधिवेशन आगामी शुक्रबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी आह्वान गरेका छन्। सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरुलाई उक्त मिति, समय र स्थानमा उपस्थितिका लागि सूचना जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार