भारतमा कोरोनाबाट एक हजार पाँच सय ६८ को मृत्यु
नेपालबहस संवाददाता
बैशाख २३, २०७७ मंगलबार १७:३३:४५
२३ बैशाख, काठमाडौं । विश्व्भर महामारीको रुप लिएको कोरोना भाइरसबाट भारतमा २४ घण्टामा एक सय ९५ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको हो ।
सोमबार यो संख्या एक हजार तीन सय ७३ थियो । त्यस्तै संक्रमितको संख्या पनि पछिल्लो २४ घण्टामा तीन हजार नौ सयले बढेको छ । यससँगै समग्र संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १४ हजार पाँच सय ४१ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पाँच सय ८३ पुगेको छ । त्यस्तै गुजरातमा पाँच हजार आठ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तीन सय १९ जनाको मृत्यु भइसकेको छ ।
मध्य प्रदेशमा पनि दुई हजार नौ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिँदा एक सय ६५ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ६६ जनामा संक्रमण देखिँदा ५० जनाको मृत्यु भइसकेको छ ।
पश्चिम बंगालमा पनि एक हजार दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक सय ३३ जनाको मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म पाँच सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा १२ हजार सात सय २७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार
दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो
बैशाख २४, २०८१ सोमबार
मङ्गोलियामा आगलागीको घटना बढ्यो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार