लकडाउनमा तराईमा २० हजार क्विन्टल चामल बिक्री
नेपालबहस संवाददाता
बैशाख २६, २०७७ शुक्रबार १८:१९:५१
२६ बैशाख, काठमाडौं । लकडाउनका समयमा तराईका नौ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयबाट २० हजार ४११ क्विन्टल चामल बिक्रीवितरण भएको छ । दुर्गम जिल्लामा मात्र बिक्री हुुँदै आएको कम्पनीको चामल लकडाउनका कारण तराइका जिल्लामा समेत बिक्री हुन थालेको कम्पनीले जनाएको छ ।
“तराइका जिल्लाहरुमा कम्पनीको खाद्यान्न बिक्री हुने गरेको थिएन, हामीले भण्डारण मात्र गरेर राख्ने गरेका थियौँ”, कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भने, “तराईमा राखिएको भण्डारणबाट विभिन्न दुर्गम जिल्लाहरुमा खाद्यान्न पठाउने गरेका थियौँ तर लकडाउनको समयमा पर्याप्त मात्रामा खाद्य पदार्थको बिक्रीवितरण भएको छ ।”
उनका अनुसार चामल बिर्तामोडमा ८३९, विराटनगरमा चार हजार ८५५, लहानमा चार हजार ५८८, वीरगञ्जमा ७३०, तुलसीपुरमा तीन हजार १३६, सुर्खेतमा चार हजार २८, नेपालगञ्जमा ९०१, राजपुरमा ६६८ र धनगढीमा ४०९ क्विन्टल चामल बिक्री भएका छन् ।
लकडाउन अवधिमा काठमाडौं उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायक बाट चार हजार ९२० क्विन्टल चामल, दुई हजार ९५३ किलो सिमी, २३८ किलो फापर र ९६ किलो दाल बिक्री भएको छ ।
कम्पनीले गत चैत २६ गतेदेखि अनलाइनमार्फत चक्रपथभित्र समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै दैनिक तीन भ्यानमार्फत खाद्य पदार्थ अनलाइन बिक्रीवितरण गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार