बन्दाबन्दीमा रगत अभाव हुन नदिन खुला रक्तदान
नेपालबहस संवाददाता
बैशाख २८, २०७७ आइतबार १४:२५:४
२८ बैशाख, कास्की । कोभिड–१९ को जोखिमका कारण जारी लकडाउनमा समेत शनिबार पोखरामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । गार्डेन क्लब पोखरा–११ को आयोजना तथा वडा कार्यालय र फूलबारी क्लबको समन्वयमा आयोजना भएको खुला रक्तदानबाट १२० युनिट रगत सङ्कलन भएको गार्डेन क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा दैनिक ७० युनिट रगत माग हुने भएकाले जारी बन्दाबन्दीका कारणले नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम गरेपछि हालसम्म रगत अभाव हुन पाएको छैन । वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले हालको विषम परिस्थितिलाई मध्यनजर गरी रगत अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर वडा कार्यालयले रक्तदान कार्यक्रमका लागि सहयोग र समन्वय गरेको बताए । पोखरामा लकडाउन शुरु भएको पहिलो हप्तामा रगतको अभाव भए पनि त्यसपछिका दिनमा निरन्तर आपूर्ति भइरहेको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ ।
केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रगतको अभाव नरहेको बताउँदै आवश्यकतानुसार रक्तदानका कार्यक्रम गर्ने गरी आगामी जेठ १५ गतेसम्मको तालिका तयार भएको जानकारी दिए । रगत अभाव भएको जानकारीलगत्तै पोखराबाट देशका अन्य भागमा समेत रगत पठाउने गरिएको छ । बन्दाबन्दीका समयमा काठमाडौंमा अभाव भएको जानकारी आएपछि गत हप्ता यहाँबाट १३० युनिट रगत पठाइएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार