लकडाउन सत्ता लम्ब्याउने चाला
इन्द्र रिजाल
जेठ ४, २०७७ आइतबार १६:३८:२९
४ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कुनैपनि नागरिकलाई मर्न नदिने उद्घोष गरेको केपी ओली सरकारलाई नराम्रो झापड हिजै मात्र परेको छ । सिन्धुपाल्चोककी एक महिलाको हिजो धुलिखेल अस्पतालमा कोरोनाकै कारण मृत्युभएको पुष्टि भएपछि ओलीको उद्घोष हावादारी बनेको हाे ।
कोरोनाबाट नागरिकलाई जोगाउन कुनै प्रभावकारी कार्यक्रम दिन नसकेको ओली सरकारले केवल लकडाउनलाई सत्ता जोगाउने हतियार बनाएको छ । आज पनि चौथो पटक दुई हप्ताका लागि लकडाउन गर्ने तयारी भइरहेको स्रोतको दावी छ । गत साताको मन्त्रिपरिषद बैठकमा ओलीले राजधानीमा चहलपहल बढेको घटनालाई संकेत गर्दै भनेका थिए– काठमाडौंमा पनि लकडाउन छ र ? ओलीको यो भनाईले उनी लकडाउनप्रति कत्ति सजग र संवेदनशील रहेछन् भन्ने बुझाउँथ्यो । सँगै उनले लकडाउनको विकल्पमा कस्तो रणनीति बनाउनुपर्छ भनेर विज्ञसँग सुझाव लिएको भए समस्याप्रतिको गाम्भीर्यता झल्कन्थ्यो ।
ओलीले अर्बौं रुपियाँ कोरोना कोषमा जम्मा गरेका छन् । तर सर्वसाधारणका लागि न त कुनै राहतको प्याकेज आयो, न आश्वान नै प्राप्त भएको छ । देशमा तीब्र गतिमा कोरोना संक्रमण फैलिएको देखिन्छ । हरेक वर्ग समुदाय र क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो छ । यसलाई नियन्त्रण गर्न भने ओली सरकार चुकेको छ ।
ओलीले बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई लकडाउन कडा गर्न निर्देशन त दिए, तर नागरिकका समस्या र पीडाबारे एक शव्द बोलेनन् । करिब दुई महिना लामो लकडाउन हुँदा श्रमिक, मजदूरको हालत के भयो ? भनेर कुनै चासो राखेनन् । नागरिकलाई सरकार भएको अनुभूति दिलाउने बेला अहिले नै थियो । मुखले बोल्दा र संसद्मा भाषण गर्दा भोकले कुनै नागरिक मर्नु नपर्ने मीठा र आकर्षक शव्दको प्रयोग गर्न ओली चुकेनन् । तर लाखौं श्रमिक र मजदूर भोकभोकै बस्नुपरेको पीडा भने उनले देखेका छैनन् ।
कुनै बेला देशका राजा महाराजाले भन्ने गर्थे– हाम्रा प्रजाले दूध र भात पनि खान पाउँदैनन् र ? ठीक त्यही हालत छ अहिले प्रधानमन्त्री ओलीको । उनलाई कसले राहत पाए वा पाएनन् भनेर थाहा पाउने कुरै भएन । बरु लिपुलेकमा भारतले सडक खनेको समेत थाहा नभएको सगर्व बोल्दै छन् । कोरोनाले भन्दा मानिस भोक र रोगले मर्ने अवस्था आइसक्यो । महिनौं काम गर्न नपाएका दैनिक ज्यालादारी गर्ने मजदूरको त के कुरा निम्न मध्यम वर्गीय जनताको पनि हालत खराब भइसकेको छ ।
एकडेढ महिना त जसो तसो धाने । तर अब लामो समय धैर्य गर्ने अवस्था छैन । ओलीले अर्बौं रुपियाँ कोरोना कोषमा जम्मा गरेका छन् । तर सर्वसाधारणका लागि न त कुनै राहतको प्याकेज आयो, न आश्वान नै प्राप्त भएको छ । देशमा तीब्र गतिमा कोरोना संक्रमण फैलिएको देखिन्छ । हरेक वर्ग समुदाय र क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो छ । यसलाई नियन्त्रण गर्न भने ओली सरकार चुकेको छ । नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भनेको पर्याप्त परीक्षण नै हो । तर शंका लागेका मानिसको परीक्षण गर्ने कीट नै पर्याप्त छैन ।
अहिले लकडाउनबाट सबैभन्दा मर्कामा परेको वर्ग न्यून तथा मध्यम वर्गको पीडा दर्दनाक छ । यो वर्ग समाजमा देखिएर राहत माग्न पनि सक्दैन, घरमा खाने जोहो पनि सकिएको छ । यिनका पीडा कस्ले बुझ्ने ? ओली चाहिं सत्ता राजनीतिसँग जोडेर लकडाउन बढाउन उद्यत् छन् । संक्रमण फैलन नदिन लकडाउन उपयुक्त कदम हो । तर लकडाउन गरेर जनतालाई थुन्ने अनि आफू चाहीँ सत्ता राजनीतिमा लाग्ने ?
संक्रमण सुरु भएको तीन महिनासम्म सरकारले पर्याप्त स्वास्थ सामग्री ल्याएन । बरु कमिशन र भ्रष्टाचारको जालो बुन्ने काम यसैबेला गर्न थाल्यो । ओम्नी समूहमार्फत अबौंको घोटाला गर्न लागेको तथ्य सञ्चारमाध्यमले उजागर गरेपछि ओली अझै रुखो ढंगमा प्रस्तुत हुन थालेका छन् । सरकारले कोरोना कोषको पैसा खर्च गर्ने बेला नै अहिले हो । नत्र लगनपछिको सिंदूरपाेते भने जस्तो हुनेछ । जनताले कष्ट भोगेको बेला नै राहतका प्याकेज ल्याउनुपर्ने हो । गत शुक्रबार ओली सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राहतको र पनि उच्चारण गरेन । यसबाट कोरोना कोषको पैसा भ्रष्टाचार र अनियमितताका लागि मात्रै खर्चने पक्षमा सरकार देखिएको छ ।
अहिले लकडाउनबाट सबैभन्दा मर्कामा परेको वर्ग न्यून तथा मध्यम वर्गको पीडा दर्दनाक छ । यो वर्ग समाजमा देखिएर राहत माग्न पनि सक्दैन, घरमा खाने जोहो पनि सकिएको छ । यिनका पीडा कस्ले बुझ्ने ? ओली चाहिं सत्ता राजनीतिसँग जोडेर लकडाउन बढाउन उद्यत् छन् । संक्रमण फैलन नदिन लकडाउन उपयुक्त कदम हो । तर लकडाउन गरेर जनतालाई थुन्ने अनि आफू चाहीँ सत्ता राजनीतिमा लाग्ने ? लकडाउनलाई रणनीतिक कार्ययोजना तयार गर्ने अवसरका रुपमा प्रयोग गर्नुपथ्र्याे । लकडाउन मात्रै समस्याको समाधान होइन । लकडाउनको अवधिमा कोरोनासँग लड्ने हतियार तयार गर्न सक्नु पथ्र्याे ।
यसका लागि छिमेकीको कार्यशैली पनि अपनाइनुपथ्र्याे । चीनको बुहानलाई लकडाउन मात्र गरिएन । व्यापक परीक्षण गरी संक्रमितलाई आइसोलेट गरियो । भारतमा पनि लकडाउनका बेला स्वास्थ्य सामग्रीको उत्पादनमा जोड दिइयो । स्वास्थकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री(पीपीई) र परीक्षण कीटको जोहो गर्नुपर्ने हो । भारतले लकडाउनको अवधिमा दैनिक दुई लाख पीपीई र एन–९५ मास्क उत्पादन ग¥यो । जसले गर्दा पर्याप्त तयारी भयो । तब मात्र स्वास्थ्यकर्मी फ्रण्टलाइनमा बसेर काम गर्न तयार भए ।
तर नेपालमा भने स्वास्थ्यकर्मीलाई नै निरुत्साहित गर्न सरकार लागेको देखिन्छ । अहिलेसम्म न त पर्याप्त पीपीईको आपूर्ति भएको छ, न सुरक्षाकर्मीको मनोबल बढाउने काम भएको छ । उल्टो सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने काम सरकारबाटै भइरहेका छन् । हिजो मात्रै राजधानीको थानकोटमा एक चिकित्सकको हुर्मत लिने काम सत्तारुढ दलकै भातृ संस्था आवद्ध अरिंगालले गरे । जनताको उपचारका लागि खटिने वरिष्ठ चिकित्सकमाथि हुलहुज्जत गरियो । सुरक्षाकर्मीको सामुन्ने टोले गुण्डाबाट भएका यस्ता गतिबिधिले सरकारी सोच झल्किएको छ ।
त्यसैले ओली सरकार जसरी भएपनि लकडाउनलाई लम्ब्याएर शासनसत्ता बलियो बनाउने दाउमा रहेको प्रष्ट हुन्छ । यस्तो अवस्थामा नागरिक समाज नै प्रतिरोधमा उत्रनुपर्ने अवस्था निर्माण भइसकेको छ । लकडाउन गर्ने तर तयारी चाहीँ केही नगर्ने हो भने जनता अब सडकमै नओर्ललान् भन्न सकिन्न ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार
राजदूत प्रा. खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार