पर्यटन व्यवसायी भन्छन्, दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न सक्दैनौ
Advertisement

९ जेठ, चिप्लेढुङ्गा । पोखराका पर्यटन व्यवसायीले कोरोना महामारीले उत्पन्न परिस्थितिका कारण व्यवसाय धरापमा परेको भन्दै बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज आगामी दुईवर्षसम्म तिर्न नसक्ने बताएका छन् ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्ले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै सो जानकारी गराएको परिषद्का उपाध्यक्ष गोपीबहादुर भट्टराईले जानकारी दिए । “बैंक तथा वित्तीय संस्थालाई कर्जा तिर्नका लागि प्रदेश सरकारले निश्चित प्रतिशत ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने मागसहित हामीले ज्ञापनपत्र बुझाएका छौँ”, उनले भने, “आगामी दुई वर्षसम्म व्यवसायीले कतैतिरको ऋण तिर्न सक्ने अवस्था छैन, हामीले मुख्यमन्त्रीलाई यसबारेमा जानकारी गराएका छौँ ।”

पर्यटन क्षेत्रको खर्बौंको लगानी जोखिममा रहेको र होटल सामान्य सञ्चालनमा समेत कठिनाइ भइरहेको अवस्थामा ऋण र ब्याजको किस्ता तिर्न सक्ने अवस्था नरहेको उनको दावी छ । उपाध्यक्ष भट्टराईले भने, “ऋण तिर्नका लागि तोकिएको अवधिमा दुईवर्ष थपिनुपर्ने र त्यसबाहेक ऋणको ब्याजदर पनि घटाउनुपर्ने व्यवसायीको माग छ ।” व्यवसायी नै नबाँचे वित्तीय संस्था सञ्चालन हुन नसक्ने भन्दै दोहोरो अङ्कको ब्याजदर घटाएर ऋण दिनुपर्ने उनले बताए ।

Advertisement

व्यवसायीले पर्यटन क्षेत्रलाई बचाउनका लागि नीति तथा कार्यक्रममा समावेश नभएकोप्रति पनि दुखेसो पोखेका छन् । “हामी अहिलेको अवस्थामा पर्यटनको लगानी जोगाउन धेरै आग्रह ग¥यौँ, तर सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समावेश भएन”, पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले भने, “पर्यटन क्षेत्र तत्कालीन र दीर्घकालीन असर पर्ने क्षेत्र हो, यस क्षेत्रबाट व्यवसायीलाई पलायन हुनबाट जोगाउनु राज्यको दायित्व हुन आउँछ ।”

उनले सरकारले अहिले राहत दिएर व्यवसायीलाई जीवन्त दिने र सन् २०२१ मा सरकार र निजी क्षेत्र मिलेर पर्यटनमा पुर्नरुत्थान, सन् २०२२ मा बल्ल पर्यटन क्षेत्रले सरकारलाई नाफा दिने व्यवस्था हुने गरी सहज वातावरण सिर्जना गर्नुपर्ने बताए ।

Advertisement
अघिल्लो लेखप्राविधिक ज्ञान सिक्दै शिक्षक, दैनिक १ देखि ३ बजेसम्म कक्षा संचालन हुने
अर्को लेखधनगढीबाट चोरीका दुई कारसहित एक जना पक्राउ
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्