‘निउरो निउरो भन्दैमा दिन सप्य्रो’
नेपालबहस संवाददाता
जेठ १४, २०७७ बुधबार २१:३९:१४
◊ जमुनावर्षा शर्मा
१४ जेठ, चिप्लेढुङ्गा । बन्दाबन्दी छ, रोजगार नहुँदा धेरैलाई आर्थिक समस्या सिर्जना हुन थालेको छ । कास्की, माछापुच्छ«े गाउँपालिका वडा नं २ मेप्राङकी ४५ वर्षीया सीमा तामाङलाई भने बन्दाबन्दीले छोएको छैन । बिहानै उठ्नु र डेढ घण्टा हिँडेर जङ्गलतिर निउरो खोज्न जानु उनको अहिलेको दिनचर्या हो ।
पोखरा महानगरपालिका–१९, लामाचौरको सडकमा हातभरि काली निउरो लिएर बेच्दै गर्दा भेटिएका तामाङ्गले आफूलाई बन्दाबन्दीले खासै असर नगरेको बताए। उनले भने “कोरोना आएको छ भनेर लकडाउन भएको रे, हामी त गाउँमा काम गर्छाँै, एक दिन निउरो खोज्न जान्छाँै, अर्को दिन निउरो बेच्न आउँछौँ, निउरो बिकिहाल्छ, समस्या छैन ।” उनी कहिले एक्लै त कहिले साथीभाइसँग निउरो खोज्न जाने गर्छिन । निउरोले बन्दाबन्दीमा पनि दिन सप्रिएको उनको भनाइ छ ।
बिहान काली निउरो पछ्यौरामा बाँधेर बिक्रीका लागि बजार झरेकी उनले भनिन, “म बिहान ५ बजे साठी मुठा निउरो लिएर बेच्न बजार झरेकी हुँ, पाँच घण्टा लाग्यो, पचास मुठा बेचिसकेँ, अब दश मुठा बाँकी छ, एक छिन यतै बसेर बेच्छु ।” उनले एक मुठा निउरोको रु ५० मा बिक्री गरिन । “अहिले निउरो पाइने याम हो, हरेक वर्ष म निउरो टिपेर बिक्री गर्ने गर्छु, हरेक याममा ६० हजार रुपियाँ जतिको निउरो बिक्री गर्दै आएकी छु, दिनमा लगभग तीन हजारको निउरो बिक्री हुन्छ ।” त्यसो त उनले टुसा पाइने समयमा त्यसको व्यापारसमेत गर्दै आएको बताइन । निउरो र टुसाको व्यापारबाट वार्षिक रु एक डेढलाख जति कमाइ हुने उनको भनाइ छ ।
उनी निउरो टिप्न खासै गाह्रो नहुने तर सिस्नो र जुकाबाट भने जोगिनुपर्ने बताउछन । “वर्षा याममा निउरो जति पनि पाइन्छ तर जुकाले टोक्ने र सिस्नोले पोल्ने गर्छ, डेढ घण्टाको जङ्गलमा बिहान ७ बजे गएर निउरो लिएर फर्कँदा बेलुका ६ बज्ने गर्छ ।” लामो समयदेखि पोखराको चिप्लेढुङ्गामा निउरोको व्यापार गर्दै आएकी सन्तु क्षेत्रीले यस याममा भने पर्याप्त निउरोको व्यापार गर्न नपाएको बताए। “म यो सिजनमा निउरो मात्रै व्यापार गर्थेँ तर अहिले बन्दाबन्दीले गाउँबाट निउरो झरेको छैन, केहीले आफै टिपेर बिक्री गर्दै आएका छन् । हामीले पर्याप्त खरीद गरेर बिक्री गर्न पाएका छैनौँ”, निउरो व्यापारी क्षेत्रीले भनिन ।
पोखरा आसपासका तालतलैया र जङ्गलका झाडीमा निउरो पाइन्छ । चिप्ले निउरो र मोटो डाँठ भएको काली निउरो दुई खालका हुन्छन् । विशेष गरी अचार र तरकारी खान मोटो डाँठ हुने निउरो ग्राहकले खोज्ने गरेको क्षेत्रीको भनाइ छ । विभिन्न क्षेत्रका व्यापारीसँग निउरो खरीद गरेर रु ८० देखि एक सयसम्म बेच्ने गरेको र यस याममा जम्माजम्मी तीन सय मुठा मात्र बेच्न सकेको उनले बताइन । निउरो खरीद गरिरहनुभएका पोखरा ८, न्यूरोडकी शर्मिला गुरुङले भनिन, “निउरोको अचार र तरकारी स्वादिष्ट हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती [ फोटोफिचर ]
बैशाख २४, २०८१ सोमबार
राष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक
बैशाख २३, २०८१ आइतबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार