विकास : समस्या र उदासिनता
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार २१:२७:४५
रेवती जंग बस्नेत
१८ जेठ, काठमाडाैं । भूल गर्नु अनौठो कुरा हैन तर भूलबाट पाठ नसिक्नु चाहीँ अनौठो कुरा हो । यो भनाई हामी सबैले सुनेकै र थाहा पाएकै कुरा हो तर सुन्दा सामान्य र सजिलो लाग्ने यो कुरालाई वस्तुपरक ढंगले बुझेर यसले दिन खोजेको सन्देशलाई व्यवहारमा उतार्न भने हामी चुकिरहेका छौं ।
वातस्वमा कुनै पनि कार्य गर्दा पहिला त्यो कार्य गर्नुको उद्देश्य निर्धारण गरिन्छ । अनि त्यसका लागि योजना बनाइन्छ । त्यस पछि उक्त उद्देश्य र योजना अनुरुप कार्यसम्पादन गर्दै कार्य सम्पन्न समेत गर्दछौं । अब, हाम्रो जुन उद्देश्य हो त्यो अनुरुपको प्रतिफल आयो कि आएन ? उद्देश्य निर्धारण गर्ने योजना बनाउने र कार्य सम्पादन गर्ने क्रममा कतै कमीकमजोरी त भएन ? भनी समिक्षा गर्नु अत्यावश्यक हुन्छ । स्वाभाविक रुपमा केही कार्य गर्दा कमिकमजोरी त हुन्छन् नै यसलाई अन्यथा मान्नु पनि हुँदैन । तर, हामीले गरेका हरेक कार्यको समयमै नै गम्भिर समिक्षा गरेर ठोस निश्कर्ष निकाल्दै राम्रो पक्षको अनुशरण र नराम्रो पक्षको निराकरण गर्दै जानुपर्नेमा कमिकमजोरीलाई जहाँको त्यहीँ र जस्ताको त्यस्तै छोडेर अगाडी बढ्दै जानुले आज हाम्रो देशका तमाम विषयमा समस्यै समस्याको डंगुर लाग्न थालेको देखिन्छ । चाहे त्यो धर्म–संस्कृतीको क्षेत्रमा होस, चाहे त्यो सामाजिक, राजनीतिक, शैक्षिक, स्वास्थ सबै क्षेत्रको विकास परिस्थितिले त्यतैतिर संकेत गरिरहेका छन् ।
मानिस प्राकृतिक प्राणी हो । यो कुरामा सायद मतभेद छैन । तर कर्मभेद भने पक्के पनि भएको देखिन्छ । अथवा विकासका लागि भनेर गरिएका हाम्रा कर्महरु प्रायः प्रकृति अनुकुल नभए प्रतिकुल भएका देखिन्छन् । त्यतिमात्र नभएर हाम्रो सामाजिक, भौगोलिक अवस्था र मौलिक संस्कृति जे जस्तो छ त्यसको पनि प्रतिकुल भएको देखिन्छ । यदि त्यसो नुहँदो हो त हामीले भन्ने गरेको विज्ञान, विकास, सुख र सुविधाले सम्पन्न जमानामा पनि झन यति धेरै समस्याले घेरिएका किन हुन्थ्यौं होला र ! हामी भनौंला कहाँ समस्यामा छौं र ? हाम्रा हजुरबुवा सिटामोल खान पाउनुहुन्न थियो, हामीले सिटामोलका के कुरा सुविधा सम्पन्न अस्पतालहरु बनाएका छौं । हाम्रा हजुरबुवाले हप्तौं लगाएर हिँड्नेबाटो आज आधा घण्टामा पार गर्न सक्ने भएका छौं । हाम्रो हजुरबुवालाई सामान्य लेखपढ नै आउँदैन थियो । हामी आज सामान्य लेखपढका त के कुरा भाषा, विज्ञान, गणित, समाज, राजनीति, इतिहास, भुगोल हरेक विषयमा पोख्त भएका छौँ ।
हिजो गहुँको रोटी खाने ठाउँमा थरिथरिका चाउचाउ खाने, कोदोको रोटी खाने ठाउँमा पिजा खाने, भुटेको मकै भटमास, गहुँको खाजा खाने ठाउँमा पानीपुरी, चटपटे, लाफिङ, मःम, चाउमिन, थुक्पा आदि खाने त्यसै गरि धोती, कट्टु, दौरा, सुरुवाल, गुन्यूृउचोली लगाउने ठाउँमा हाफपाइन्ट, पाइन्ट, कोट, मात्रैको के कुरा गोलिगाँठोसम्म छोपेर लगाउनुपर्ने गुन्युको सट्टा लाजमात्रै ढाक्ने वस्त्र लगाउन पाउनेदेखि लगेर आधुनिक तवरले विवह ब्रतबन्ध साथै विभिन्न धर्मकर्म गर्ने र चार्डपर्व मनाउन पाउने संस्कार पाएका छौं । त्यसै गरी राणतन्त्र, राजतन्त्र, पञ्चतन्त्रको ठाउँमा गणतन्त्र पाएका छौं ।
आदिइत्यादी तर्क गरेर चित्त बुझाउन सकौंला, तर धेरै तर्क नगरि हाम्रा हजुरबुवाको अनुहार र हाम्रो अनुहारलाई हजुरबुवा जीवित भए भैगो नभए फोटोमा नै भए पनि एक पटक तुलना गरेर हेर्ने हो भने सहजै थाहा लाग्छ को स्वास्थ, को सुखी र को आनन्दीत छौं भनेर । यसैबाट प्रष्ट हुन्छ हाम्रो आत्यन्तिक खोज आनन्द मा हाम्रा विकासमुखी भनिएका कर्महरुबाट निश्रित समस्यारुपी बादल बाधक बनी मडारिइरहेको छ । यसको आशय विकास हुनुहुँदैन भन्ने किमार्थ हैन । विकासले प्रकृति, सामाजिक ढाँचा र मौलिक संस्कृतिलाई अतिक्रमण गर्नु हुँदैन बरु सम्बर्धन र संरक्षणसमेत गर्नु पर्छ भन्ने हो ।
हो आज हामीले ठूला–ठूला अस्पताल र औषधालय विद्यालय र विश्वविद्यालय बनाएका छौं । जमिनमा गुड्नेदेखि आकाशमा उड्नेसम्मका सवारी साधन बनाएका छौं । त्यस्तै सामान्य चिठीपत्राचारको ठाउँमा हातहातमा मोवाईल पाएका छौं । अनि भनिन्छ, हिजोको पुरातनवादी सोच भएको समाजका ठाउँमा आज आधुनिक सोच भएको समाज पाएका छौं । हिजो गहुँको रोटी खाने ठाउँमा थरिथरिका चाउचाउ खाने, कोदोको रोटी खाने ठाउँमा पिजा खाने, भुटेको मकै भटमास, गहुँको खाजा खाने ठाउँमा पानीपुरी, चटपटे, लाफिङ, मःम, चाउमिन, थुक्पा आदि खाने त्यसै गरि धोती, कट्टु, दौरा, सुरुवाल, गुन्यूृउचोली लगाउने ठाउँमा हाफपाइन्ट, पाइन्ट, कोट, मात्रैको के कुरा गोलिगाँठोसम्म छोपेर लगाउनुपर्ने गुन्युको सट्टा लाजमात्रै ढाक्ने वस्त्र लगाउन पाउनेदेखि लगेर आधुनिक तवरले विवह ब्रतबन्ध साथै विभिन्न धर्मकर्म गर्ने र चार्डपर्व मनाउन पाउने संस्कार पाएका छौं । त्यसै गरी राणतन्त्र, राजतन्त्र, पञ्चतन्त्रको ठाउँमा गणतन्त्र पाएका छौं । साथै विज्ञान प्रविधिको विकासले गर्दा यि भन्दा अन्य धेरै सुख र सुविधा उपभोग गर्न पाएका छौं । तर यहाँ मनन गर्नुपर्ने कुरा के छ भने हामी त के अमेरिकाजस्तो विज्ञान, विकास प्रविधि, सम्पत्ति शक्ति र सम्पूर्ण आधुनिकताले परिपूर्ण भनिएको मुलुकका बासिन्दा नै प्राकृतिक निन्द्रा गुमाएर सबैभन्दा बढी स्लिपिङ ट्याबलेट सेवन गर्छन् भनेर जानकारहरु बताउँछन् । हुँदाहुँदा क्षणभरमा पृथ्वी ध्वस्त पार्नेसम्मका हात हतियारको आविस्कार गर्ने विज्ञान र वैज्ञानिकलाई कोरोना भाइरस जस्तो सुक्ष्म जिवाणुले ठाडो चुनौती दिँदै लाखौं मानिसको ज्यानसमेत लिइसकेको वर्तमान अवस्था छ । यो पनि प्राकृतिक समस्या हो वा कृतिम समस्या हो भन्ने कुरामा शंसयपूर्ण छलफल चलिरहेकै देखिन्छ ।
अब यहीँनेर हामीले गम्भिर भएर सोच्नुपर्ने उपयुक्त समय आएको छ । अपवाद बाहेक प्रत्येक देशकको प्राकृतिक, भौगोलिक, वातावरणिय अवस्था साथै सामाजिक ढाँचा र संस्कृतिक स्वरुप फरक–फरक हुन्छन् । हामीले विद्यालय खोल्यौं, अस्पताल बनायौं, राज्य संचालनका नीति नियम सिद्धान्त बनायौं तर यि सबै कुरा कति मौलिक छन् ? वा आ–आफ्नो वस्तुगत धरातलमा कति आधारित छन ? वा हाम्रा विकासे कार्यक्रमले हामी र हाम्रो यथार्थ सँग कतिको तालमेल राख्छन ? अनि उद्देश्य अनुरुपको योजना र कार्यसम्पादन भएको छ कि छैन ? जस्ता प्रश्नहरु इतिखेल यक्ष प्रश्न बनेका छन् । तसर्थ यि प्रश्नको सही उत्तर पाउनका लागि हाम्रो शिक्षा, स्वास्थ, सामाज, संस्कृति लगायत सम्पूर्ण क्षेत्रलाई एकपटक उधिन्नु पर्ने टट्कारो महशुस हुन्छ ।
उदाहरणको लागि हाम्रो देशको शैक्षिक गतिविधिलाई लिउँ । हामीले प्रश्स्तै सरकारी साथै निजी विद्यालय खोल्यौं तर हाम्रो पाठ्यक्रमले हाम्रो प्राकृतिक वातावरण, भुगोल, समाज, संस्कृति अनि पेशागत सम्भावना साथै राज्यको उद्देश्य नीति नियम कार्यक्रमसँग तालमेल राख्दैनन् भन्ने कुरा छर्रङगै छ । जस्तैः हाम्रो प्रकृति भुगोल र वातावरणले हामीलाई कृषि गर भन्छ । हिमाल, पहाड तालतलैया, धार्मिक ऐतिहासिक सम्पदा र संस्कृतिले पर्यटन बढाउ भन्छ । हाम्रा नदिनालाले जलस्रोतको प्रचुरतालाई सदुपयोग गर भन्छन् । वनजंगलले जडिबुटीजन्य वस्तुको खोज अनुसन्धान र प्रर्बधन गर भन्छ । तर, हाम्रो पाठ्यक्रमले यी कुराहरुसँग सम्बन्धित व्यवसायिक शिक्षालाई अनिवार्य र व्यापक गर्नुको साटो अति साँघुरो दायरामा सिमित गरेको छ । अनि राज्य उद्घोष गर्छ । समृद्धिको साथै युवाहरुलाई स्वदेशमै प्रचुरमात्रामा रोजगार श्रृजना गर्ने कुराको, के सम्भव होला ? हाम्रो सामाजिक ढाँचा बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक रहेको छ । तर के सबै विद्यार्थीले आफ्नो देशको जातिय, भाषिक, संस्कृतिक अवस्थाको सामान्य जानकारी पाउनुपर्ने कुरालाई पाठ्यक्रमले अनिवार्य गर्न सकेको छ ? के हाम्रो पाठ्यक्रमले हाम्रो धार्मिक, जातिय सांस्कृतिक चार्डपर्व, रितिरिवाज, खानपिन, पोशाक जस्ता कुराहरुको महत्व र गरिमालाई वैज्ञानिक ढंगले सिकाउने जमर्को गरेको छ ? मलाई लाग्छ हाम्रो शिक्षा नीति र पाठ्यक्रमले हाम्रो राष्ट्रिय मौलिकतालाई प्राथमिकतामा राख्ने जमर्को नै गरेको छैन । यी त भए अलि परका कुरा शिक्षाले आधारभूतरुपमा सिकाउनै पर्ने कुरा हो ।
प्रकृतिको चुलोमा पाकेर आएको चिजलाई मानवको चुलोमा पकाएर बिक्री वितरण गर्ने ठूलो सानो होटेल, रेष्टुरेन्टदेखि बाटाघाटा सम्ममा बिक्रीवितरण भइरहेको खाद्यवस्तुको अवस्था हेर्दा हाम्रो स्वास्थ्य भयावह अवस्थामा नै छ । तर यती संवेदनशिल कुरालाई नाममात्रैको अनुगमनको धोतिले ढाक्दै हाम्रो स्वास्थ्य अवस्था कहाँ पुग्छ भन्नेकुरा सहजै अुनुमान लगाउन सकिन्छ । त्यसैगरी धर्म, अध्यात्म, संस्कृति साथै राजनीति, सामाजिक सेवा, व्यापार व्यवसाय जस्ता तमाम विषयका नाममा मौलाएका खराब गतिविधिलाई नियन्त्रण र राम्रा पक्षलाई नियमन गर्दै जाने कुरामा अझै चुकेको खण्डमा–वर्तमान समस्या–भविष्यमा आउने समस्याको तुलनामा बाघको छेउमा विरालो सावित हुने कुरा पक्का छ ।
सामाजिक अनुशासन तर दिक्षान्त समारोहमा दिक्षा लिएर अलि तलतिर सडकमा आउने वित्तिकै जेब्राक्रसको दशौं मिटर पछिल्तिरबाट आफ्नो नाममा पृथ्वी नै पास गरर आएको आभाष दिने गरि बाटो काट्दै गरेको दृश्ष्यले शिक्षितहरुको अनुशासनको अवस्थालाई बकिरहेका छन् । त्यसैगरी हामीले प्रशस्त अस्पताल खोल्यौं तर वस्तुतः अस्पताल रोग नियन्त्रण गर्नलाई मात्र हो भन्ने कुरालाई चटक्कै विर्सिएर प्रशस्त मात्रामा अस्पताल खोलेको र खोल्ने हवला दिँदै स्वास्थ्य नियमनको पक्षलाई लगभग शब्दमा मात्रै सिमित गरेको कुरालाई – औधोगिक साथै कृषिजन्य उत्पादित खाद्यवस्तुमा प्रयोग हुने कच्चा पदार्थ उत्पादन प्रकृया स्टोर साथै बजार व्यवस्थापनले घाम झैं छर्लङग पारिरहेको छ । अझ, प्रकृतिको चुलोमा पाकेर आएको चिजलाई मानवको चुलोमा पकाएर बिक्री वितरण गर्ने ठूलो सानो होटेल, रेष्टुरेन्टदेखि बाटाघाटा सम्ममा बिक्रीवितरण भइरहेको खाद्यवस्तुको अवस्था हेर्दा हाम्रो स्वास्थ्य भयावह अवस्थामा नै छ । तर यती संवेदनशिल कुरालाई नाममात्रैको अनुगमनको धोतिले ढाक्दै हाम्रो स्वास्थ्य अवस्था कहाँ पुग्छ भन्नेकुरा सहजै अुनुमान लगाउन सकिन्छ । त्यसैगरी धर्म, अध्यात्म, संस्कृति साथै राजनीति, सामाजिक सेवा, व्यापार व्यवसाय जस्ता तमाम विषयका नाममा मौलाएका खराब गतिविधिलाई नियन्त्रण र राम्रा पक्षलाई नियमन गर्दै जाने कुरामा अझै चुकेको खण्डमा–वर्तमान समस्या–भविष्यमा आउने समस्याको तुलनामा बाघको छेउमा विरालो सावित हुने कुरा पक्का छ ।
तसर्थ गणनात्मक विकासले श्रृजना गरेका गुणात्मक समस्याहरुको पहिचान र निराकरण गर्ने कुरामा अब रतिभर उदाशिनता देखाउनु हुँदैन । आज जे गल्ति गर्यौं गर्यौं । अब यसबाट शिक्षालिने अवसर पटक्कै चुकाउनु हुँदैन । अन्तमा : उदाशिनता, आलस्यता, विलाशिता संकिर्ण सोच, प्रतिशोधको भावना अहंकार जस्ता कुराहरु व्यक्ति, परिवार, समाज, राष्ट्र सरकार र राजनीतिकदल कसैका लागि पनि हितकर हुँदैन भन्ने कुरालाई गहिरोसँग हृदयंगम गर्दै विकास सँगसँगै आएका जोखिम न्यूनिकरणमा यथाशिघ्र तदारुक्ता देखाउन सम्बन्धित सबै पक्ष र निकाय अग्रसर हुनुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार