एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज
नेपालबहस संवाददाता
जेठ २१, २०७७ बिहिबार ०:२३:४१
२१ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एनआईसी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहनेहरूको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ ।
यस विषम परिस्थितिमा समेत अनलाईन खाता खोल्ने ग्राहकहरूको संख्यामा उल्लेख्य बृद्घि भइरहेको अवस्थामा बैंकले प्रक्रियामा थप सुधार गरी छोटो समयमै ग्राहकहरूले खाता खोल्न सक्ने सुविधा ल्याएको हो । सर्वप्रथम ईमेल, नाम, मोबाईल नम्बर, जन्ममिति, शाखा जस्ता विवरण भरिसकेपछि ग्राहकले दोस्रो चरण पूरा गर्नका लागि बैंकबाट इमेल प्राप्त गर्नेछन् । दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण ग्राहकले भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकले आफ्नो डकुमेन्ट समेत सहज रुपमा अपलोड गर्न सक्नेछन् । साथै, विवरण भर्ने क्रममा सही विवरण भर्न समेत आवेदकलाई त्यहाँबाट सुझाव प्राप्त हुनेछ ।
विदेशमा रहेकाहरूले ईमेलमार्फत आफ्नो सम्पर्क विवरणसहित खाता खोल्नका लागि ईमेलमार्फत अनुरोध गर्न सक्नेछन् ।यो प्रक्रियामा प्रयोगकर्ताले तत्काल खाता नम्बर प्राप्त गर्नेछन् तर बैंकले सम्पूर्ण विवरण चेक गरेर मात्र त्यसलाई मान्यता दिनेछ । तसर्थ, अब ग्राहकहरुले खाता खोल्नको लागि चाहिने सम्पूर्ण विवरण तथा फोटो आफ्नो साथैमा राखि बैंकको वेबसाईटमा गई अनलाईन खाताको निवेदन भर्न सुरु गरेमा ५ मिनेटमै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने बैंकका नायव प्रमुख कायकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिएका छन् ।
यसरी अनलाईन खाता खोलेका ग्राहकहरूले लकडाउन अवधिसम्म मोबाईल बैंकिङ्गमार्फत पहिलो कारोबार गर्दा रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्नेछन् । यसैगरी यस लकडाउनको अवधिमा ग्राहकहरुले घरमै बसी आफुलाई चाहिने खाद्य सामग्री बैंकको मोबाईल बैंकिङ्ग वा डेबिट-क्रेडिट कार्ड जस्ता भुक्तानी माध्यम प्रयोग गरी विभिन्न अनलाईन स्टोरहरुबाट खरिद गर्दा १०% वा रु. ५०० सम्मको नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
अनलाईन खाता खोली मोबाईल बैंकिङ्ग वा बैंकको कार्डहरुमार्फत भुक्तानी गर्दा ग्राहकहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै डायमण्ड श्रेणीको खाता खोलेर न्यूनतम रकम जम्मा भए पश्चात खाता खोल्ने ग्राहकलाई रु. २१ लाखसम्मको बीमा सुविधा पनि प्रदान गरिनेछ र सो बीमा सेवा वापत लाग्ने बिमा शुल्क बैंक आफैले भुक्तानी गर्नेछ । यी विभिन्न सुविधाहरुको विस्तृत जानकारी बैंकको वेबसाइटबाट पनि प्राप्त गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार