लकडाउनमै पच्चीस सडक बालबालिकाको उद्धार
नेपालबहस संवाददाता
जेठ २७, २०७७ बुधबार १:४५:४७
२७ जेठ, काठमाडौं । सरकारले सडकमुक्त बालबालिका बनाउने अभियानसँग काठमाडौंका विभिन्न स्थानबाट २५ जना बालबालिकाको उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा काठमाडौंको ठमेल, पुरानो बसपार्क र चावहिल चुच्चेपाटीमा बेवारिसे अवस्था भेटिएका २५ जना बालबालिकालाई उद्धार गरी पुनःस्थापना केन्द्रमा व्यवस्थापन गरिएको हो ।
लकडाउनका बेला सामाजिक सञ्जालमा काठमाडौंका विभिन्न स्थानमा सडक बालबालिका बेवारिसे अवस्थामा भेटिएको उल्लेख भएलगत्तै उनीहरुको तत्काल उद्धार गरी व्यवस्थापन गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले परिषद्लाई निर्देशन दिएका थिए । मन्त्री गुरुङको निर्देशन आएलगत्तै बालबालिका खोजतलास समन्वय केन्द्रसँगको समन्वयमा ठमेल क्षेत्रबाट १७, पुरानो बसपार्कबाट तीन, चावहिल चुच्चेपाटीबाट पाँचजनाको उद्धार परी पुनःस्थापना केन्द्रहरुमा संरक्षणको उचित व्यवस्था मिलाइएको परिषद्का प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए।
उद्धार गरिएका सबै बालिबालिकाको कोरोना परीक्षणको पनि व्यवस्था मिलाइएको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए। केन्द्रका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहका अनुसार लकडाउनका बेलामा बालबालिका सडकमा आउन नदिन उच्च सतर्कता अपनाइएको छ । मन्त्री गुरुङको प्रत्यक्ष निर्देशनमा लकडाउनको यस अवधिमा काठमाडौंं उपत्यकाभित्र ३५ र उपत्यका बाहिर ३२ गरी ६७ जना सडक बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषद्ले जनाएको छ ।
सरकारले २०७३ साल वैशाखदेखि ‘सडकमुक्त बालबालिका’ अभियानअन्तर्गत सडक बालबालिकाको उद्धार र व्यवस्थापनको काम शुरु गरेको हो । हालसम्म एक हजार २६८ बालक र १९० बालिका गरी एक हजार ४७६ जनाको उद्धार गरी संरक्षणको उचित व्यवस्था मिलाएको पनि परिषद्का प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए । मन्त्री गुरुङले सडकमा बालबालिका बेवारिसे अवस्थामा भेटिए तत्काल नेपाल प्रहरी वा बालबालिका खोजतलास समन्वय केन्द्रको निःशुल्क हटलाइन सेवा १०४ मा सम्पर्क गरी उनीहरुको उद्धार र संरक्षणका लागि आवश्यक सहयोग गर्नुहुन सबैलाई पुनः अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार