सडकको लापरवाहीले टेलिफोन र एडिएसएल सेवा अवरुद्ध
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १९:२५:५९
असार, काठमाडौं । सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका–४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ ।
शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका–१, २, ३ र ४ गरी चारवटा वडाको सेवाका कारण एक हजार ६०० टेलिफोन एवं एडिएसएल सेवा अवरुद्ध भएको नेपाल टेलिकम जोरपाटी शाखाका प्रमुख खगेन्द्र कटुवालले राससलाई जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा बन्दाबन्दीमा घरमै बसेर इन्टरनेट सेवाका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन् ।
घरमै बसेर काम गरिरहेका बेला पूर्वसूचना एक्कासि सेवा अवरुद्ध हुँदा दुःख पाएको स्थानीयवासी श्यामबहादुर श्रेष्ठले गुनासो गरे । निजी सवारी पनि जोर–बिजोर प्रणालीमा चलाउन पाइने भएकाले आजदेखि कसरी काम गने भन्ने चिन्ता बढेको उनको भनाइ थियो । ढल बिच्छ्याउने क्रममा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले समन्वय नगर्दा यो समस्या आएको टेलिकमले जनाएको छ ।
जोरपाटी–सुन्दरीजल सात किमी सडक विस्तारका क्रममा हाल ढल बिच्छ्याउने, रूख काट्ने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । रूख काट्ने बेलामा खबर गरेकाले टेलिकमका कर्मचारीसँगसँगै बसेर काम भएकाले टेलिफोन सेवा अवरुद्ध नभएको कार्यालय प्रमुख कटुवालले सुनाए ।
विकास निर्माणका काममा सरकारी कार्यालयबीच नै समन्वय नहुँदा विद्युत्, टेलिफोन र खानेपानी जस्ता अत्यावश्यक सेवा पटकपटक अवरुद्ध हुने गरे पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । यस सम्बन्धमा प्रतिक्रियाका लागि सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीसँग सम्पर्क गर्दा उनले सम्पर्कमा आउन चाहेनन ।
सुन्दरीजल क्षेत्रमा सडक विस्तारको काम गर्नु अघि गोकर्णेश्वर नगरपालिकाले समेत समन्वय गरेर पत्राचार गरेको थियो । यसपटक नगरपालिकाले पनि कुनै जानकारी नगराएको टेलिकमले जनाएको छ । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना आयोजनाले समन्वय गर्न भनेका काममा सहयोग गरिएको बताउछन ।
यसपटक आयोजनाले केही नभनेकाले के भएको आफूले बुझेर अवरुद्ध सेवा छिटो सञ्चालनका लागि पहल गर्ने उनको प्रतिबद्धता छ । नगरपालिकाले ढल बिच्छ्याइरहेकाले नयाँबस्ती क्षेत्रको ५०० लाइन टेलिफोन पनि अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा यस क्षेत्रमा पनि इन्टरनेटका माध्यमबाट काम गरिरहेका मानिस प्रभावित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार