सरकारले गरेको बन्दाबन्दीले १६ अर्ब रुपैयाँको क्षति
Advertisement

८ असार, काठमाडौं । विश्वभर फैलिएकाे काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागी जारी लकडाउन अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार फरक हुने भएकाे छ ।

काेराेना संकट व्यवस्थापन सञ्चालन केन्द्र ‘सीसीएमसी’ निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सुरूवाती दिनहरूमा सबैतिर एउटै किसिमको लकडाउन गरिएको भएपनि अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन फरक हुने बताएका छन् ।

जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको नयाँ मोडालिटी बनाएको थियो । त्यसपछि मानिसको आवतजावतलाई केही खुकुलो पारिएको छ भने दैनिक गतिविधि पनि बढेका छन् । यस्तै गृह मन्त्रालयले लकडाउन व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड–२०७७ समेत जारी गरिसकेको छ।

Advertisement

सार्वजनिक यातायात, उद्योग व्यवसाय कसरी चलाउने र दैनिक अन्य गतिविधि कसरी गर्ने भन्ने सन्दर्भमा नयाँ मोडालिटी ल्याइएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ। महामारीबाट पनि बच्नु पर्ने र सँगै भोकमरीसँग पनि जुध्नुपर्ने भएकाले यसका लागि गतिविधि बढाउन मोडालिटी परिवर्तन गरिएको उनको भनाइ छ । साथै सरकारले भने अनुसारको जोररबिजोर प्रणाली पालना गर्न उनले आग्रह गरेका छन्।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न भन्दै गत चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो । साढे दुई महिना बढी भएको देशव्यापी लकडाउनले अर्थतन्त्रमा गहिरो प्रभाव पारेको भन्दै असार १ गतेदेखि लकडाउन खुकुलो पारिएको छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्