प्रजातान्त्रिक योद्धा सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार १३:२८:२६
१४ असार, खोटाङ । प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । जहानीय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका राईको स्मृतिमा सर्वधन राई स्मृति प्रतिष्ठान गठन गरिएको हो ।
प्रदेशसभा सदस्य उषाकला राईको अध्यक्षतामा ११ सदस्यीय ‘सर्वधन राई स्मृति प्रतिष्ठान’ गठन गरिएको जनाइएको छ । देश र प्रजातन्त्रका लागि निरन्तर सङ्घर्ष गरेर जीवन समर्पण गरेका राईको योगदानलाई इतिहासलाई ताजा राख्ने उद्देश्यले प्रतिष्ठान गठन गरिएको अध्यक्ष एवं प्रदेशसभा सदस्य राईले बताए । प्रतिष्ठानको उपाध्यक्षमा केशव राई, सचिवमा जमानसेर राई र कोषाध्यक्षमा रामप्रसाद दङ्गाल रहेका छन । सदस्यमा पूर्वकानून मन्त्री तथा प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, पूर्वजिविस सभापति विष्णुकुमार राईलगायत रहेका छन्।
नेपालको प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनको विभिन्न योद्धाहरुको बारेमा अध्ययन–अनुसन्धान गर्ने एवं पूर्वी नेपालकै बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लगायतका प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि प्रतिष्ठानकै उपाध्यक्ष राईले आफ्नो अंशको ११ रोपनी ७ आनाभन्दा बढी जग्गा प्रतिष्ठानलाई दान गरेका छन् । प्रतिष्ठानलाई असार ८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिएको छ ।
विसं १९७२ भदौ ५ गते जन्मनुभएका राईले विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनका क्रममा जहानीय राणा शासन अन्त्यका लागि जनमुक्ति सेनाको कमाण्डर भई पूर्वको किल्ला जित्दै चरिकोटसम्म कब्जा गरी राणा शासन अन्त्य गर्नमा महत्वपूर्ण योगदान गरेका थिए । यस्तै विसं २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर निरङ्कुस पञ्चायती व्यवस्था लादेपछि राजाको सो कदम विरुद्ध राईकै नेतृत्वमा विसं २०१८ कात्तिकमा पहिलो पटक सशस्त्र बिद्रोह गरी दिक्तेल कब्जा गर्दै ऐसेलुखर्क कब्जा गर्ने प्रयास गरिएको थियो ।
सशस्त्र विद्रोह असफल भएपछि र तत्कालीन शासकले टाउकोको मूल्य तोकेपछि सर्वधनले भारतमा ८ वर्ष निर्वासन जीवन बिताएका थिए । सर्वधनले खाल्लेमा ५५ झ्याले घर बनाभएको र तत्कालीन शासकले केही झ्याल भत्काउन लगाएको थियो । यस्तै, खोटाङ बजारमा रहेको सदरमुकामलाई उनकै नेतृत्वमा विसं २०२० मा दिक्तेलमा सारिएको थियो ।
प्रजातान्त्रिक योद्धा राईको स्मृतिमा बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न प्रदेश सरकारबाट रु ३० लाख बजेट विनियोजन भएको छ । प्रतिष्ठानकी अध्यक्ष एवं प्रदेशसभा सदस्य राई सर्वधनका नातिनी र पूर्वकानूनमन्त्री तथा प्रतिनिधिसभा सदस्य तामाङ नातिनी ज्वाइँ हुन । प्रतिष्ठानका उपाध्यक्ष केशव सर्वधनका कान्छा छोरा हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै
बैशाख २६, २०८१ बुधबार
आजको मौसम : यी ठाउँहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख २६, २०८१ बुधबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
सुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू'
बैशाख २६, २०८१ बुधबार
जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी कर्णेल पक्राउ
बैशाख २६, २०८१ बुधबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार