सलह मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ
नेपालबहस संवाददाता
असार १४, २०७७ आइतबार २२:२५:२९
१४ असार, कैलाली । सलह मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ सुदूरपश्चिम प्रदेश सरकारले दिने निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको जानकारी दिए ।
पूर्व पर्साबाट नेपाल छिरेको सलह अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा प्रभाव परेको छैन यदि त्यो आएमा मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय प्रदेश सरकारले गरेको हो । मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिको सिफारिसमा सलह मारेर ल्याएमा प्रति किलो २५ रुपैयाँ दिने निर्णय भएको छ ।
आइतबार नै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहलाई रकम उपलब्ध गराउन निर्देशन गराइने प्रवक्ता शर्माले बताए । सलह किरा मारेर स्थानीय तहको कृषि शाखामा उपलब्ध गराए उक्त स्थानीय तहले रकम उपलब्ध गराउने जनाइएको छ । यसअघि प्रदेश ५ ले पनि एक किलो सलह समाते २० रुपैयाँ दिने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार