शेयर बजार : नेप्सेमा दोहोरो अङ्कले घट्यो
नेपालबहस संवाददाता
असार १५, २०७७ मंगलबार ०:११:३२
१५ असार, काठमाडौं । सय दिनपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १२.८७ बिन्दुले घटेर एक हजार १८८.७० मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.०३ बिन्दुले घटेर २४५.२९ मा पुगेको छ । नेप्सेका अनुसार कूल १४७ कम्पनीका १४ लाख ४४ हजार १७३ कित्ता शेयर रु ४८ करोड ५३ लाख १५ हजार ६२७ मूल्यमा खरिद बिक्री भए । कारोवार खुल्नेबित्तिकै ठूलो बिन्दुले ओरालो लागेको बजार पुनःसम्हालिएको हो ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३९.३४, उत्पादन १०२.९८, अन्य २०.०६ र जीवन बीमा २३७.६२ ले बढेको छ । बैंकिङ २५.२२, होटल २६.४४, विकास बैंक ६३.०६, जलविद्युत् १३.३४, फाइनान्स ४.०९, निर्जीवन बीमा १०१.४६, लघुवित्त ३९.३७ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ५७ लाख १० हजार ७४० बराबरको कारोवार भयो । यस्तै हिमालयन डिस्टिलरी रु तीन करोड ४६ लाख ९९ हजार ९७२, एनआइसी एशिया रु तीन करोड २९ लाख २७ हजार ७४२, नबिल बैंक रु दुई करोड ५२ लाख ३० हजार १००, एनएमबी बैंक रु दुई करोड २७ लाख ७० हजार ५८४, शिवम् मिसेन्ट रु दुई करोड तीन लाख ५८ हजार ७०१ र नेपाल बैंक रु एक करोड ६८ लाख ६७ हजार ९२० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै नेप्सेका अनुसार नागरिक लगानी कोषका लगानीकर्ताले आज ९.९९ प्रतिशतले कमाउँदा हिमालयन डिस्टिलरी ९.९६, नेपाल इन्भेस्टमेन्ट बैंक ९.९४, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर ९.८०, शिवम् सिमेन्ट ८.५०, गुडबिल फाइनान्स ६.८२ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ५.९५ प्रतिशतले कमाए । त्यस्तै स्वालम्बन लघुवित्त वित्तीय संस्था ९.९९, नेपाल पुनःबीमा कम्पनी ९.९०, आशा लघुवित्त वित्तीय संस्था ९.९०, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.१६, साञ्जेन जलविद्युत् कम्पनी ८.७५ र अपि पावर कम्पनीका लगानीकर्ताले ८.६२ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार