शेयर बजार : कारोबारमा ‘पोजिटिभ सर्किट’
नेपालबहस संवाददाता
असार १७, २०७७ बुधबार १९:३५:९
१७ असार, काठमाडाैं । शेयर बजारमा बुधबार पनि कारोबारमा ‘पोजिटिभ सर्किट’ लागेको छ । कोरोना त्रासकै बीच सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो भने मंगलबार पनि पोजिटिभ सर्किट लागेको थियो ।
अधिकांश समूहको शेयर मूल्य बढेको छ । लगानीकर्ता निकै उत्साहित देखिएका छन् । सर्वसाधारण लगानीकर्ताको आत्मबल वृद्धि हुँदा बजारमा सकारात्मक प्रभाव परेको हो ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ । स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो ।
कोरोनाको कारण झण्डै १०० दिनपछि खुलेको बजारमा सोमबार नेप्से दोहोरो अङ्कले घटेको थियो । मङ्गलबार र बुधबार भने नेप्सेमा सकारात्मक सर्किट लागेको छ । स्टकका अनुसार नेप्से ७५.७७ बिन्दुले बढेर एक हजार ३६६.५२ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचकसमेत १५.१० अर्थात् ५.५५ प्रतिशतले वृद्धि भएको छ । कूल १३५ कम्पनीको ११ लाख एक हजार दुई कित्ता शेयर रु ४० करोड ७३ लाख ५२ हजार २४७ मा कारोवार भयो । कारोवार भएका १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लागेको छ । अन्य ११ समूहको शेयर भने वृद्धि भएको छ ।
होटल ५.१५ अङ्कले घट्दा बैंङ्किङ ८२.३, व्यापार ३३।४८, विकास बैंक ५७.०६, जलविद्युत् ३३.६७, वित्त ४.७५, निर्जीवन बीमा ३२२.४१, उत्पादन १०२.५७, अन्य २०.९४, माइक्रोफाइनान्स १०१.२३, जीवन बीमा ५४८.५३ र सामूहिक लगानी कोष ०.०१ अङ्कले बढेका छन् ।
कारोवार रकमका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर रु ६ करोड ७६ लाख ९४ हजार ९३१ मा खरिद बिक्री भयो । यस्तै कुमारी बैंक लिमिटेडको संस्थापक शेयर रु चार करोड ९९ लाख ५० हजार, हिमालयन डिस्टिलरी लिमिटेड रु चार करोड २४ लाख ७८ हजार ७५, शिवम् सिमेन्ट्स लिमिटेडको रु दुई करोड ५७ लाख ८१ हजार ११४, एनआइसी एसिया बैंक रु एक करोड ७८ लाख ७४ हजार ५७८ र एनएमबी बैंकको रु एक करोड ७६ लाख ६१ हजार ९४२ मा खरिदबिक्री भए ।
सिटिजन बैंक इन्टरनेशनलका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा साना किसान विकास बैंक ९.९८, नागरिक लगानी कोष ९.९७, नेशनल लाइफ इन्सुरेन्स कम्पनी ९.९७, आरएमडिसी लघुवित्त वित्तीय संस्था ९.९५ र बुटवल पावर कम्पनीका शेयरधनीले ९.९४ प्रतिशतले कमाए ।
यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.९२, ओरियन्टल होलट ३.२७, नेपाल दूरसञ्चार कम्पनी २.३५, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी १.७९, आइसिएफसी फाइनान्स १.२१ र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १.१८ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार