युवा तथा खेलकुद मन्त्रालयद्वारा १० सञ्चारकर्मी सम्मानित
नेपालबहस संवाददाता
असार २२, २०७७ मंगलबार ३:१६:२४
२२ असार, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १० सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवातर्फ छ पत्रकार तथा खेलकुदतर्फ चार जनालाई सम्मान गरिएको हो ।
खेलकुद पत्रकारिता पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर, अन्नपूर्ण पोष्टका रोशन राउत, पोखराका खेल पत्रकार केशव पाठक र नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की छन् । यस्तै युवा पत्रकारिता पुरस्कार, २०७६ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत खगेन्द्र अधिकारी, निरक न्यौपाने, गीता चिमोरिया, गङ्गा खड्का, रत्नकुमारी चौधरी र सुस्मा बरालीलाई पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु ५० रहेको छ ।
सम्मानित सबैलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र सचिव रामप्रसाद थपलियाले प्रशंसा पत्रसहित पुरस्कृत गरे । सञ्चारमाध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानस्वरुप उहाँहरुलाई सम्मानित गरिएको मन्त्री विश्वकर्माले बताए । कार्यक्रममा मन्त्री विश्वकर्माले एन्टी डोपिङ एप्ससमेत सार्वजनिक गरेका थिए । सो एपमा नेपाली खेलकुदको विषयमा सम्पूर्ण डाटा समावेश गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार