आइतबार , जेठ २, २०७८

१२ बुँदे सहमतिपछि दुई युवा अनसन तोड्दै

१२ बुँदे सहमतिपछि दुई युवा अनसन तोड्दै

२३ असार, काठमाडौं । सरकारले पीसीआर परीक्षण बढाउन माग गर्दै अनसन बसेका युवाहरुको माग सम्बोधन गरेको छ । पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका पुकार बम र अर्का युवाबीच १२ बुँदे सहमति गरेको सरकारले माग पूरा गर्ने बताएको छ ।

मंगलबार १२ बुँदे सहमति भएपछि उनीहरुले अनसन तोड्ने तयारी गरेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट रोशन पोखरेल र समिर कुमार अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका छन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोरोना संक्रमितको संख्या बढ्दै गएपनि सरकारले आरडिटी गरेर नागरिकको स्वास्थ्यमा खेलबाड गरेको भन्दै आलोचना भएपछि युवाहरु अनसन बसेका थिए । अनसनरत युवाहरुको स्वास्थ्य अवस्था गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरिएका युवाहरुलाई भेट्न प्रधानमन्त्री ओली समेत गएका थिए । उनकै निर्देशनमा अनसनकारी युवाहरुको माग सम्बोधन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय