सावधान ! कवाड टिप्ने हुलिया बनेर सुन चोरी हुँदै
नेपालबहस संवाददाता
असार २३, २०७७ मंगलबार २१:३५:२३
२३ असार, काठमाडौं । आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए । यसपाली भने कवाड टिप्ने हुलिया बनाएर सुन पसलको निगरानी गरी चोरी गरेको खुल्न आएको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार रातको समयमा काठमाडौँ उपत्यकाका सुन चाँदी पसलको सटर फोरेर चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उक्त तथ्य फेला परेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।अनुसन्धानका क्रममा उनीहरुले कागज बोतल सङ्कलन गर्ने व्यक्ति (कवाड टिप्ने व्यक्ति) को हुलिया बनाइ साइकल लिई विभिन्न सुनचाँदी पसलको हप्ता दिनसम्म रेकी गरी मानिसको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोरेर चोरी गरेको तथ्य फेला परेको हो ।
उक्त गिरोहले गत फागुन १८ गते लाजिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पवि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुनका गरगहना र आठ किलो ५६० ग्राम चाँदीका गरगहना तथा नगदसमेत गरी रु ८५ लाख, ८५ हजार चोरी गरी लगेका थिए । घटनाको अनुसन्धानका सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले आइतबार मोरङ उर्लाबारीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई र सोही घटनामा फरार रहेका बिक्रम भन्ने जङ्गबहादुर माझीलाई सोमबार दरबारमार्गबाट पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।
उक्त घटनामा संलग्न रहेका एक जना भने केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको तथा अन्य दुई भारतीय मुलका फरार अभियुक्तको खोजी जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । उनीहरु दुईवटा समूहले जेलमा बस्दा चिनजानको आधारमा छुटेपश्चात पुनः भेला भई जेल छुट भएको एक महिना नबित्दै आफ्नो म्यादीलाई समेत बोलाइ चोरी गरेको फेला परेको छ । गिरोहले चोरी कार्य छोडी डण्डी फर्मा, लेबर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादीलाई समेत परिचालन गरेको खुल्न आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा, काठमाडौंमा रजौरे र अपराध महाशाखामा भट्टराई
बैशाख १४, २०८१ शुक्रबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार