बाढीले बगायो सिंचाइ कुलो : एक हजार रोपनी खेत बाँझै
नेपालबहस संवाददाता
असार २५, २०७७ शुक्रबार १:१३:३२
सल्यान । पश्चिमी क्षेत्रमा बाढीले सिंचाइ कुलो बगाउँदा एक हजार चार सय रोपनी खेत बाँझो हुने देखिएको छ । केही दिनदेखि परेको अविरल वर्षाले वनगाड कुपिण्डे नगरपालिका –२ लाहाघाटको कुलो बगाएपछि रोपाइँ गर्न गरी तयारी गरिएका खेतसमेत बाँझै हुने निश्चित भएको छ ।
विसं २०४४ मा निर्मित कुलामा टाटेपहरको पहिरो आउँदा पक्की सिंचाइ कुलो तहसनहस भएको स्थानीयवासी ओठे रानाले जानकारी दिए । “कुलोमै बाढी पसेपछि ठाउँठाउँमा पहिरो जानाका साथै सिंचाइ कुलो तहसनहस भएको छ, तत्काल मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्था नभएपछि ११० घर परिवारको खेत बाँझै हुने देखिएको छ”, रानाले भने।
यस क्षेत्रमा ३३ वर्षपछि यति ठूलो पानी परेको हो । सिंचाइ कुलो बिगारेपछि कृषक चिन्तित हुन थालेका छन् । “अब न अरु कुनै बाली लगाउन सकिन्छ न तत्काल कुलो मर्मत गरेर रोपाइँ गर्न सकिन्छ, कोरोनाले मरिएन, अब भोकमरीले त मरिने होला,” पीडित किसान जीवन रानाले भने । बाढीले गाउँमा जाने पाइपसमेत बगाएपछि गाउँमा खानेपानीको समस्या भएको रानाले बताए ।“खेतमा धानको ब्याड रोप्ने भइसकेको छ, पानी नभएपछि अब कसरी रोपाइँ गर्नू रु खानेपानीको समेत गाउँमा हाहाकार भएको छ”, उनले भने ।
बाढीले सिंचाइ कुलो बगाउँदा सिङ्गो गाउँ नै भोकमरीमा पर्ने खतरा रहेको वनगाड कुपिण्डे नगरपालिका २ का वडाध्यक्ष प्रतिमल बुढाले जानकारी दिए ।“ खेतमा धान रोपाइँ गर्ने अर्को कुनै विकल्प नभएको, सिंचाइ कुलो बाढीले तहसनहस पारेकाले मर्मतसम्भार गर्ने अवस्था नभएको र यसले अब पूरै गाउँमा नै खाद्यसङ्कट आउने वडाध्यक्ष बुढाले चिन्ता व्यक्त गरे ।
अहिलेसम्म आफूले यति ठूलो बाढी आएको नदेखेको र एक्कासि बाढी तथा ठाउँठाउँमा पहिरो आएर सिंचाइ कुलो भत्काएको वडाध्यक्ष बुढाले जानकारी दिए । सिंचाइ कुलो भत्किएपछि रोपाइँका लागि तयारी अवस्थामा रहेको धानको व्याडसमेत सुक्न थालेको छ ।
तत्काल खानेपानी तथा सिंचाइ कुलो मर्मतका लागि वैकल्पिक उपाय नगरेकाले नगरपालिकाभित्रकै सबैभन्दा बढी खेतीयोग्य जमीन बाँझै रहने अवस्था देखिएको प्रभावित कृषकले बताएका छन् । तत्काल कुलो मर्मत हुन नसके पनि कुनै वैकल्पिक उपाय गरेर खेत बाँझो नरहने गरी सहयोग गर्न किसानले आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार