वडाध्यक्षको भत्ता निजी स्रोतमा कार्यरत शिक्षिकालाई तलब
नेपालबहस संवाददाता
साउन ३, २०७७ शनिबार २१:३५:१६
३ साउन, तनहुँ । बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले आफूले पाउँदै आएको भत्तामध्ये केही रकम यहाँको एक शैक्षिक संस्थालाई सहयोग गर्दै आएका छन्। सोही वडास्थित जनता आधारभूत विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षिका रीता थापालाई तलब खुवाउन वार्षिक रुपमा सहयोग गर्दै आएका छन् ।
सीमान्तकृत चेपाङ, भुजेलका बालबालिका अध्ययनरत उक्त विद्यालयको कुनै पनि आयस्रोत नभएपछि शिक्षक राख्न नसक्दा पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक माधव पोख्रेलले जानकारी दिए । उनले निजी स्रोतका शिक्षकलाई वार्षिक रु ७८ हजार उपलब्ध गराउँदै आएपछि पठनपाठनमा सहज भएको उनले बताए ।
गत वर्षदेखि सहयोग गर्न सुरुआत गर्नुभएका अध्यक्ष पोख्रेलले आफ्नो कार्यकालभरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा एक शिक्षिका थप गरिएपछि शैक्षिक गुणस्तरमा वृद्धि हुँदै गएको छ । विद्यालयको आफ्नो जग्गा नहुँदा ओइलेनी जग्गामा उक्त विद्यालय सञ्चालन गरिँदै आएको बताइएको छ । विद्यालयको आफ्नो जग्गा नभएपछि स्थानीय समाजसेवी बाबुराम घिमिरेले चार आना जग्गा दान गरेपछि उक्त जग्गामा विद्यालयको नयाँ भवन निर्माण गरिएको विद्यालयका पिटिए अध्यक्ष सुदीप पोख्रेलले जानकारी दिए ।
गत वर्ष जिल्ला शिक्षा कार्यालयबाट चारकोठे भवन निर्माणका लागि बजेट विनियोजन गरेपछि नयाँ भवन निर्माण सम्पन्न गरी विद्यार्थीलाई राखेर पढाउँदै आएको उनले बताए । उनका अनुसार समाजसेवी घिमिरेद्वारा करीब रु आठ लाख मूल्य बराबरको जग्गा विद्यालयलाई निःशुल्क रुपमा दान गरेका हुन् ।
उक्त विद्यालयमा हाल ७० जना विद्यार्थी र सातजना शिक्षकशिक्षिका कार्यरत रहेका छन् । विद्यालयमा एकजना जनशक्ति राख्नका लागि आर्थिक सहयोग प्राप्त भएसँगै शैक्षिक गुणस्तरमा जोड दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे बताए । वडाध्यक्ष पोख्रेलले विद्यालयप्रति गरेको सहयोग अतुलनीय रहेको उनले बताए ।
सीमान्तकृत समुदायका विपन्न परिवारका बालबालिका अध्ययनरत उक्त विद्यालयमा सहयोग गर्न आफूलाई चाहना भएपछि सहयोग गर्न थालेको वडाध्यक्ष पोख्रेलले बताए । त्यसैगरी शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले आफूले पाउने भत्ता रकमको ५० प्रतिशत रकम सीमान्तकृत, दलित लगायतका विपन्न बालबालिकाको पढाइमा सहयोग गर्दै आएका छन् ।
ती बालबालिकाको पढाइमा सहज गराउने उद्देश्यले छात्रवृत्तिमा सहयोग गर्दै आएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए। तनहुँमा चार नगरपालिका र छ गाउँपालिका गरी दशवटा पालिका रहेका छन् । ती पालिकामध्ये नगरप्रमुख गुरुङ र वडाध्यक्ष पोख्रेलले आफ्नो भत्ता शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
जुत्ता र पोशाक किन्ने पैसा नहुँदा ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई
बैशाख २६, २०८१ बुधबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार