हिँड्दाहिँड्दै व्यथा लागेपछि ,बाटोमै नवजात शिशुको जन्म
नेपालबहस संवाददाता
साउन ९, २०७७ शुक्रबार १३:९:३
९ साउन बागलुङ । प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छिन् । बडिगाड गाउँपालिका–१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका–३ खहरेमा सुत्केरी भएकी हुन ।
पहिराले सडक अवरुद्ध हुँदा पैदलै अस्पताल ल्याउने क्रममा व्यथाले च्यापेपछि बाटोमै प्रसूति गराइएको स्थानीय स्वास्थ्यकर्मी सरोज केसीले जानकारी दिए । घर्तीले बिहीबार छोरी जन्माएकी हुन । “गाडी नचलेपछि उनीहरु अलपत्र परेका रहेछन् , हिँड्दाहिँड्दै व्यथा लागेपछि बाटोमै प्रसूति गराउनु प¥र्यो”, स्वास्थ्यकर्मी केसीले भने , “म लगायत स्थानीय आमासमूह मिलेर उनको उद्धार र तत्काल गर्नुपर्ने स्याहार ग¥र्यौँ ।”
नजिकमै घर भएकाले प्रसूति गराउन सहज भएको उनको भनाइ छ । गाउँमा रहेको स्वास्थ्य संस्थाले सुरक्षित प्रसूतिका लागि घर्तीलाई धौलागिरि अस्पताल पठाएको थियो । “शिशुभन्दा पहिल्यै साल खस्ने समस्या आउन सक्ने देखेर रिफर गरिएको रहेछ”, केसीले भने, “उद्धारपछि सुरक्षित साथ अस्पताल पठायौँ ।”
शिशु जन्माएको डेढ घण्टापछि घर्तीलाई धौलागिरि अस्पताल पु¥याइएको थियो । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए । “आमा र शिशु अहिले स्वास्थ्यकर्मीको हेरचाहमाि छिन , म आफैँ पनि हेरेँ, स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने।
बुधबार राति ११ बजे घर्तीलाई लिएर परिवारका सदस्य अस्पताल हिँडेका थिए । अस्पताल आउन आधा घण्टा मात्रै बाँकी छँदा सडक अवरुद्ध भएपछि बाटोमै रोकिनुपरेको थियो । निरन्तरको वर्षापछि खसेको पहिराले सदरमुकाम जोड्ने मध्यपहाडी लोकमार्ग खहरे नजिकै बोक्से भन्ने स्थानमा अवरुद्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, शीर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
कोरियाबाट फर्किएर ‘ड्रागन फ्रुट’ खेती
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मूख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार