योगमाया विश्वविद्यालयबारे पूर्वउपकुलपतिहरुसँग छलफल
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २३:९:४७
१३ साउन, काठमाडौं । विधायन व्यवस्थापन समितिले ‘योगमाया आयुर्वेद विश्वविद्यालय व्यवस्थासम्बन्धी बनेको विधेयक–२०७६ माथि विभिन्न विश्वविद्यालयका पूर्वउपकुलपतिसँग छलफल गरेको छ ।
छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा हिरामान महर्जनले अन्तर्राष्ट्रियस्तरमा चिनाउन बाहिरका विश्वविद्यालयसँग पनि सहकार्य गर्ने गरी विधेयक ल्याउनुपर्ने बताउँदै पदाधिकारीको व्यवस्थापन भने अन्य विश्ववद्यालयजस्तै गर्नुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्र भट्टराईले विश्वविद्यालयलाई प्रशासनिकभन्दा प्राज्ञिक थलो बनाउनुपर्नेमा जोड दिदैं शिक्षाध्यक्षको व्यवस्था गर्नुपर्ने बताए ।
काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माले धेरै पदाधिकारी राख्ने गरी कमिटी बनाउन नहुने उल्लेख गर्दै विद्यार्थीको शुल्कबाट मात्र विश्वविद्यालय सञ्चालन गर्न सम्भव नभएकाले पर्याप्त मात्रामा बजेट विनियोजन हुनुपर्ने बताए । समितिका सभापति परशुराम मेघी गुरुङले विभिन्न छलफल गरी चाँडै नै विधेयकलाई अन्तिम चरणमा पु¥याइने बताए ।
सरकारले आयुर्वेद, योग, ध्यान तथा वैकल्पिक चिकित्सासँग सम्बन्धित विषयमा प्रविधिमैत्री अध्ययन, अध्यापन र अनुसन्धान तथा जडीबुटीको खोजमूलक अध्ययनअनुसन्धान र आयुर्वेदिक औषधि उत्पादन तथा वैकल्पिक चिकित्साको क्षेत्रमा मुलुकको आवश्यकताअनुरुप प्रतिस्पर्धी र दक्ष जनशक्ति तयार पारी मुलुकको समृद्धिमा योगदान पु¥याउन प्राज्ञिक उत्कृष्टताका रुपमा विश्वविद्यालय स्थापना गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार