त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १२:४०:३५
१३ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र प्रयोगशाला गुणस्तर व्यवस्थापन सम्बन्धी एकहप्ते प्रशिक्षण तथा क्षमता विकास तालिम आयोजना गरेको छ ।
विभागमा अध्ययनरत स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीहरु, अनुसन्धानकर्ताहरू र विभागमा कार्यरत शिक्षकहरु गरी २० जना सहभागी छन् । तालिममा माटोको परीक्षण गर्ने सीपको विकास गरी सहभागीहरूलाई माटोसम्बन्धी अनुसन्धान गर्ने विधिबारे अभ्यस्त पार्ने उद्देश्य रहेको छ ।
कीर्तिपुरस्थित भूगोल केन्द्रीय विभागमा आयोजित तालिमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले देशका लागि अनुकरणीय व्यक्तित्वहरु विकास गरेको भूगोल विषयको गरिमालाई थप बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्रा डा ध्यानेन्द्रबहादुर राईले सहभागीहरुको सकृयताबाट मात्रै तालिमबाट उपलब्धि हासिल हुन सक्ने भन्दै प्रविधिको अधिकतम प्रयोगमार्फत तालिमलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे ।
भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. उमेशकुमार मण्डलले सन् २०१४ मा चाइनिज एकेडेमी अफ साइन्सेसको सहयोगमा ‘साइनो नेपाल जोइन्ट रिसर्च सेन्टर फर जियोग्राफी’ परियोजना अन्तर्गत निर्माण भएको प्रयोगशालामा विभागले पहिलोपटक माटो परीक्षणसम्बन्धी क्षमता विकास तालिम अयोजना गरेको जानकारी दिए ।
माटो विज्ञ सन्तोष कुमार श्रेष्ठ र बायोमेडिकल इन्जिनियर प्रन्जल पाण्डे तालिममा विज्ञका रुपमा सहभागी हुन् । तालिममा माटोको पिएच मान, टेक्स्चर, पोटासियम फोस्फेरस, नाइट्रोजन, अर्गानिक म्याटर लगायतका १६ विविध पक्षहरुको परीक्षण गर्ने विधिमा केन्द्रित रहने भूगोल केन्द्रीय विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार