बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार १२:४१:१३
१९ साउन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकास्थित बोझेखोला–सुनकोशी ग्रामीण सडक सञ्चालनमा आएको छ । वडा नम्बर–३ च्यास्मिटारको बोझेखोलादेखि वडा नम्बर–५ दुर्छिमको छोकमाला हुँदै सुनकोशी किनार जोड्ने नगरपालिकास्तरीय १२ किलोमिटर सडक सञ्चालनमा आएको हो ।
नगरपालिकाकै विकट क्षेत्रका रुपमा रहेको हैदे र दाम्दलेलाई सडक सञ्जालमा जोड्ने लक्ष्यका साथ नगरपालिकाले बोझेखोला–छोकमाला–दाम्दले–हैदे–सुनकोशी झोलुङ्गे पुल सडकलाई प्राथमिकतामा राखेको थियो । नगरपालिकास्तरीय सडकका रुपमा दुई वर्षअघि नगरपालिकाले विनियोजन गरेको रु १५ लाख रकमबाट निर्माण गरिएको सडकका लागि गत वर्ष प्रदेश सरकारबाट रु दश लाख बजेट विनियोजन भएको थियो ।
नगरपालिका र प्रदेश सरकारको बजेट अपुग हुँदा बाँकी रहेको करिब तीन किलोमिटर सडकखण्डलाई पूरा गरेर सञ्चालनमा ल्याइएको नगरप्रमुख इवन राईले जानकारी दिए। बाँकी रहेको सडकखण्ड यसपल्ट नगरपालिकाकै तर्फबाट तेल हालेर नगरपालिकाकै मेशिन प्रयोग गरेर पूरा गरिएको हो । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे जोड्ने सुनकोशी पुलसम्म पु¥याइएको सडकलाई क्रमशः दुर्छिमकै बतासेघाट जोड्ने गरी विस्तार गरिने नगरपालिकाले जनाएको छ । बोझे खोला–सुनकोशी झोलुङ्गे पुल सडक निर्माणका क्रममा छोकमालाबाट विकट बस्तीका रुपमा रहेको लाहाटुङसम्म सडक पु¥याइएको हो ।
सडक सञ्चालनमा आएपछि आवतजावत, दैनिक उपभोग्य वस्तु ढुवानी, तथा सुनकोशीको ढुङ्गा, गिट्टी र बालुवा निकासीमा सहज भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक अभावमा घण्टौँ पैदलयात्रा गर्दै आएका स्थानीय बासिन्दा आफ्नो घर आँगनमै यातायातको साधन आइपुगेपछि हर्षित भएका छन् ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको सबै वडामा कच्ची सडक पुगेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकामा निर्माण गरिएको सडकमा बाह्रै महिना गाडी सञ्चालन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
लगानी सम्मेलन आज पनि जारी, १५० परियोजना प्रस्तुत गरिँदै
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार