दुई वर्षअघि थालेको कर्भडहल निर्माणको काम अधुरै
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार १५:४६:२१
२२ साउन, बागलुङ । बागलुङ नगरपालिका–३ मा निर्माणाधीन बहुउद्देश्यीय कर्भडहलको काम गत वर्षदेखि ठप्प छ । बजेट अभावमा कर्भडहल निर्माण अधुरै छाडिएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी बागलुङले दुई वर्षअघि कभर्डहलको काम थालेको थियो ।
पहिलो वर्ष खेलकूद मन्त्रालयबाट आएको रु २० लाख बजेटबाट भुइँ ढलान र छानो राख्ने काम भएको छ । गत आवमा बजेट नआएपछि काम अघि नबढेको एकेडेमीका उपाध्यक्ष कमल खड्काले बताए। उनका अनुसार बार, झ्यालढोका, शौचालयलगायत आन्तरिक साजसज्जाको काम बाँकी छ । “यो वर्ष खेलकूद मन्त्रालयबाट थप दश लाख बजेट छुट्टिएको छ, अपुग भएमा स्रोत जुटाएर भएपनि काम सक्छौँ”, उनले भने ।
माथिबाट आएको बजेटले नपुगेमा नगरपालिकाले पनि सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । कर्भडहल निर्माणका लागि जग्गा पनि नगरपालिकाले नै उपलब्ध गराएको थियो । खेलकुद गतिविधिसहित अन्य प्रयोजनमासमेत उपयोग गर्ने गरी कर्भडहलको निर्माण थालिएको हो । “ब्याडमिन्टन, तेक्वान्दो, कँरातेजस्ता खेलका साथै आवश्यक पर्दा स्थानीयवासीले हलका रुपमा प्रयोग गर्न मिल्ने गरी बनाउँदै छौँ”, उपाध्यक्ष खड्काले भने। स्थानीय गैह्रापाटा टोल सुधार समितिका अध्यक्ष भक्त रसाइलीले कभर्डहल समयमै बन्न नसकेकामा गुनासो गरे ।
“एक÷डेढ वर्षदेखि कभर्डहल अलपत्र जस्तै छ”, उनले भने, “शुरु भइसकेको योजना यसरी बीचमै रोकिनु राम्रो होइन, सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।” वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले नगरको योजना नभएकाले सबै कुरा थाहा नभएको जानकारी दिए ।
उनले सङ्घ सरकारबाट थप बजेट आएकाले कर्भडहलको बाँकी काम यसै वर्ष पूरा हुने विश्वास व्यक्त गरे । निर्माण सम्पन्न नभएकाले कभर्डहलमा भएको काम पनि अस्तव्यस्त बनेको छ । कभर्डहलको भुइँ निर्माण सामग्री र फोहोर थुपार्ने स्थलका रुपमा प्रयोग भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार, एमाले नेतृत्वमा माओवादी, जनमत र लोसपाको समर्थन
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
सरकारबाट बाहिरिने उपेन्द्र यादवको तयारी, निर्णय गर्न कार्यकारिणीे बैठक जारी
बैशाख ३०, २०८१ आइतबार
नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरौँ : आईजीपी कुँवर
बैशाख ३०, २०८१ आइतबार
मधेश सरकार अल्पमतमा, एमाले पनि बाहिरियो
बैशाख ३०, २०८१ आइतबार